वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

ठाकुरबाबा नगरपालिकाको गोविन्दपुरमा होमस्टे संचालन गर्ने तयारी

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, मंसिर ४, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
ठाकुरबाबा नगरपालिका–५, गोविन्दपुर गाउँमा होमस्टे संचालनका लागि एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाको ५ नम्बर वडा कार्यालयको सहयोगमा होमस्टे संचालनको अवधारणा सहित कार्यक्रमको आयोजना गरिएको वडा नम्बर ५ को कार्यालयले जनाएको छ ।
७२ घरधुरी रहेको गोविन्दपुर गाउँले सरसफाईमा अग्रसरता देखाएका कारण नमुना गाउँका रुपमा परीचित भएकाले होमस्टेको अवधारण ल्याईएको वडा नम्बर ५ का वडाअध्यक्ष गंगाराम जैशीले बताए ।
एकान्त तथा शान्त वातावरणमा स्थानिय परीकार खुवाउने, थारु कला संस्कृती जगेर्ना संगै सांस्कृतीक कार्यक्रम देखाउने र सामुदायिक वनमा रहेका वन्यन्तु देखाउने अनि विपन्न वर्गका स्थानियको जीवनस्तरमा सुधार ल्याउने उदेश्यले होमस्टे संचालन गर्न लागिएको बताईएको छ ।
होमस्टे संचालनका लागि बिर बहादुर थारुको अध्यक्षतामा होमस्टे संचालन तथा ब्यवस्थापन समिती समेत गठन गरीएको छ । समितीको उपाध्यक्षमा मोती थारु, सचिव जीवन कुष्मा, कोषाध्यक्ष साधना थारु लगायत ७ सदस्य समिती गठन भएको छ ।
होमस्टे संचालनका लागि बर्दियाको डल्ला होमस्टे, जनकनगर होमस्टे, सतखलुवा होमस्टे बाँकेको गाभर होमस्टे, नवलपरासीको अमलटारी होमस्टे अवलोकन भ्रमण जाने तयारी भईरहेको बताईएको छ । अवलोकन भ्रमण सके लगत्तै होमस्टे संचालन गर्ने योजना रहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: