वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

भोट माग्दै बर्दियाका उम्मेद्वार र कलाकार सँगसँगै गाउँगाउँमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, मंसिर ३, २०७४ ।    

गुलरिया, बर्दिया।
बर्दियाको सिमरा र सोरहवामा राष्ट्रिय जनसाँस्कृतिक महासंघका कलाकारले जनचेतनामुलक नृत्य तथा नाटक- लालसलाम-२ प्रस्तुत गरेका छन। आसन्न प्रतिनिधि सभा र प्रदेस सभाको चुनावमा बाम गठबन्धनका सयुक्त उम्मेदवारहरुलाई भोटको आव्ह्वान गर्दै उक्त कार्यक्रम गरिएको बताईएको छ।


एमालेका बरिष्ठ उपाध्यक्ष तथा बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बामदेब गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उपस्थित स्थानियहरुले जनप्रतिनिधि समक्ष बाटो , स्वास्थ्य , शिक्षा , बेरोजगारी लगायतका समस्याहरु पोखेका थिए । उनीहरुले बामदेब गौतमले बिगतमा पनि बबई सिचाई जस्तो ठुलो योजना ल्याई दिएकै कारण आगामी दिनहरुमा पनि केहि गर्न सक्छन भन्ने बिश्वास व्यक्त गरेका थिए । सो कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले देशमा राजनैतिक परिबर्तनको अन्त्य भएको र अब बिकास र सम्वृद्धिको युग आएकोले आफु कटिबद्ध भएर आफ्ना प्रतिबद्दताहरु पुरा गर्ने बताएका थिए । काङ्ग्रेससंग बिकासको कुनै भिजन नै नरहेको कुरा उसले पाएका बहुमतका सरकारबाटै पुष्टि भैसकेको तर बहुमतको सरकार नआउदा पनि बिगतमा एमालेले असंख्य जनपक्षीय निर्णय गरेको जगजाहेर रहेको र अब केहि महिनामै बन्ने कम्युनिस्ट सरकारले बिकासको नबिनतम योजना ल्याउनेमा ढुक्क हुन मतदाताहरुलाई आग्रह समेत गरेका थिए।


सम्पूर्ण बाम शक्तिहरु एक भइ देशलाई सम्वृद्धिको बाटोमा उन्मुख गराउनु नै बर्तमान आवश्यकता रहेको संदेश दिन राष्ट्रिय जनसांस्कृतिक महासंघ बर्दियाले पनि आयोजित चुनावी सभाहरुमा सन्देशमुलक नृत्य र नाटक प्रस्तुत गर्दै आइरहेको छ । नाटकमा लिला दर्लामी, गगन दर्लामी, संजु बिसी लगायतका कलाकारहरुको अभिनय रहेको छ । बाम एकताको औचित्य माथि कांग्रेसले भ्रम फैलाइरहेको र सो भ्रम बाट जनताहरुलाई सचेत गराउन लालसलाम-२ नामक नाटक पनि ठाउ ठाउमा प्रस्तुत गरिएको र यो अभियानलाई बर्दियाका सबै ठाउहरुमा पुर्‍याउने अभियानका संयोजक अध्यक्ष बिष्णु थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्: