वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

प्रचन्डपुत्र प्रकाश दाहालको हृदयघातबाट निधन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, मंसिर ३, २०७४ ।    

काठमाण्डौ।
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको आज बिहान निधन भएको छ । गम्भिर अचेत अवस्थामा बिहान पाँच बजेतिर अस्पताल ल्याईएका माओबादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका दाहालको आइतबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

आकास्मिक हृदयघातका कारण प्रकाशको निधन भएको अस्पतालले जनाएको छ।


प्रकाश दाहालको जन्म २०३८ असार १७ गते चितवनमा भएको हो । प्रकाश पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका एकमात्र छोरा हुन । प्रकाश बुवाआमासँगै माओवादी सशस्त्र संघर्षका बेला भूमिगत भएका थिए । जनयुद्धको बेलामा बुवा प्रचण्डलाई दिएको साथ प्रकाशले अहिले पनि कायमै राखेका थिए । बुवा प्रचण्डका स्वकीय सचिवको रुपमा काम गर्दै आएका प्रकाशलाई एक कुशल व्यवस्थापकको रुपमा लिइन्छ । उनलाई आफ्नो भन्दा पनि बुवा प्रचण्ड, पार्टी र राष्ट्रिय हित एवं स्वार्थका बारेमा बढी सोच्ने व्यक्तिका रुपमा उनी निकट रहेकाहरुले बताउने गरेका छन् । प्रचण्डका दुई छोरी र एक छोरामध्ये जेठी छोरी ज्ञानुको क्यान्सरका कारण यसअघि नै निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: