वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

५ बर्षमै बाढीपीडितहरुको घर बनाईदिन्छौँः तिलक शर्मा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४ ।    

बारबर्दिया, बर्दिया।
बर्दिया जिल्ला क्षेत्र नम्बर १ (२) प्रदेशसभा सदस्यका उम्मेदवार तिलक शर्मा(हिमाल)ले बर्दियामा आफ्नो पार्टीको सरकार भएपछि ५ बर्ष भित्रमा सबै बाढीपीडितहरको घर बनाईदिने बताएका छन । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ५ को मगरागाडी, जब्दहवा र वडा नम्बर १० बैदीगाँउमा भएको चुनावी सभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।


उम्मेदवार हिमाल शर्माले बर्दियाका सबै खेतीयोग्य जमिनमा सिचाईको ब्यस्था हुने गरी नहरको बिकास गर्ने, बर्दियाबासीको गास, बास, कपास, स्वास्थ्य शिक्षको ग्यारेन्टी गर्ने प्रतिबद्धता समेत जनाए । साथै माबि तहको शिक्षालाई पुर्ण निशुल्क गरि प्रत्येक स्थानीय तहमा प्राबिधिक शिक्षाको स्थापना गरि दक्ष प्राबिधिकहरु उत्पादन गरि स्देशमै रोजगारी सिर्जना गर्ने, प्रत्येक परिवारका महिला पुरुष दुबै लाई रोजगारीको ग्यारेन्टी गर्ने बताए ।
कार्यक्रममा माओबादी केन्द्रका पोलिटब्युरो सदस्य बिष्णु चौधरी, एमालेका जिल्ला सदस्य पुर्ण शर्मा, माओबादी केन्द्रबाट समानुपातिक उम्मेदवार मेनुका चौधरी समेतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्: