वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

साईकलबाट लडेर बर्दियामा एकको ज्यान गयो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४ ।    

गुलरिया,बर्दिया।
चलाऊदै गरेको साईकलबाट लडेर बर्दियामा एक जनाको ज्यान गएको छ। साइकलमा रासायनिक मल लिएर गुलरियाबाट बारबर्दिया जाँदै गर्दा बाटोमा लडेर भदै थारुको ज्यान गएको हो ।

बारबर्दिया नगरपालिका वडा नं. १० का ३५ वर्षीय थारुको गुलरियाबाट मल लिएर जाँदै गर्दा दिउँसो साढे तीन बजे तिर गुलरिया नगरपालिका वडा नं. ४ को बगहीमा अचानक लड्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मल लिन विहान ११ बजेतिर खाना खाएर गएकोमा ३ जना आफन्तसँगै भएर कुरा गर्दा गर्दै आउँदा आउँदै लडेको मृतकका दाजु कुर्कुट थारुले बताए । निजको रक्तचाप सम्बन्धि समस्या वा साइकलबाट लड्दा शरीरको सम्बेदनशील अंगमा चोट लागेर ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनास्थलमा प्रहरीले आवश्यक जाँचबुझ गरी मुचुल्का तयार गरेर शबलाई जिल्ला अस्पतालमा आवश्यक पोस्टमार्टमका लागि पठाइएको छ । पोस्टमार्टमपछि नै मृत्यूको कारणबारे भन्न सकिने पोस्ट मार्टममा संलग्न प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: