वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

भुरिगाउँमा किटजन्य रोग नियन्त्रयणसम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर २, २०७४ ।    

भुरिगाउँ, बर्दिया।
बर्दियाको भुरिगाउँमा एक दिने किटजन्य रोग नियन्त्रयण बारे स्वास्थ्यकर्मी तथा सरोकारवाला बिच अभिमुखिकरण अन्तरकृया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

किटजन्य रोगबाट बच्न जनचेतना फैलाउने उद्धेश्यले आयोजना गरिएको उक्त अभिमुखिकरण कार्यक्रममा किट जन्य रोगहरु डेगुं चिकनगुनया, स्त्रब टाइफस, हात्तिपाइले बारेमा नेपालगन्जका बरिष्ठ फिजिसियन डाक्टर राजन पाण्डेले रोगको बारेमा जानकारी र बच्ने उपायको बारेमा प्रशिक्षण दिएका थिए भने मध्यपश्चिम क्षेत्रिय किट रोगका फोकल प्रसन श्यामलाल आचार्य र क्षेत्रिय स्वास्थ्य निर्देशक रिता भण्डारी जोशीलाई कार्यक्रमका सहभागिहरुले जिज्ञासा राखेका थिए ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय मध्यपश्चिम स्वास्थ्य निर्देशनालय सुर्खेतको आयोजनामा भएको अन्तरकृया कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख, स्वयमसेबिका, शिक्षक, वडा अध्यक्ष, राजनितीक दलका प्रतिनिधी, सुरक्षाकर्मि,ब्यापारी लगायतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: