वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे, इसिजी सेवा सुचारु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४ ।    

राजापुर, बर्दिया।
राजापुर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले एक्सरे सेवा, इसिजी लगायतका सेवाहरु आजबाट सुचारु गरेको छ। एक कार्यक्रमका बिच राजापुर नगरपालिका प्रमुख प्रमुख शिब प्रसाद चौधरीले सो सेवाहरुको आज उद्घाटन गरेका हुन ।
राजापुर स्वास्थ्य केन्द्रका डा. रुपेश ओडका अनुसार शुक्रबारबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत एक्सरेसेवा, ईसिजी सेवा एनालाईजर सेवाहरु सुरु भएको बताउदै रेविजको इन्जेसन, सिकलसेलको वारेमा जाचँको लागि सिक्लीङ्ग टेस्ट सेवाहरु पनि अबका दिनमा सन्चालनमा आउने बताए । डा. ओडले एक हप्ता भित्र फार्मेसी सेवा पनि सुरु हुने स्वास्थ्य बिमा गरेकाहरुलाई नि-शुल्क सेवा र अन्य बिमारीहरुलाई सहुलियत दरमा सेवा प्रदान गरीने भएको जानकारी गराए ।
नगर प्रमुख चौधरीले सिकलसेलरोगको चेक जाँचको लागि २० लाख रुपैया बराबरको मेसिन खरीदका लागि राजापुर नगरपालिकाले बजेट बिनियोजित गरेको र शुद्द पानीको लागी फिल्टर राजापुर स्वास्थ्य केन्द्रमा जडान गर्ने सोच लिएको बताए । स्वास्थ्य बिमालाई अझ राम्रो बनाउन एम्बुलेशन सेवामा स्वास्थ्य बिमा गरेकाको लागि १५ प्रतिशत छुटको व्यवस्था दिने भएको छ ।

कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष छप्पु राम चौधरी, राजापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा लाल बहादुर योगी वडा ४ वडा अध्यक्ष रमन कुमार रेग्मी लगायतकाहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: