वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

जेब्राक्रसिङमै छ बार ! अनि कसरी गर्ने पैदल यात्रुले बाटो वारपार?

        भगतराम थारु   |   प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४ ।    

नेपालगन्ज, बाँके।
सडक वारपार गर्न बनाईएको जेब्राक्रसिङले यात्रुलाई सास्ती भएको छ भन्दा सामान्यत विश्वास नलाग्न सक्छ । तर यस्तै पिडाबाट गुज्रिएका छन नेपालगन्जबासी । बाटो हिंड्ने जो कोहिलाई सहज होस भनेर नेपालगन्जको चार लेन सडकमा बनाईएको जेब्रा क्रसिङ पार गर्ने ठाउँँमा नै बार भईदिएपछी पैदल यात्रुलाई झन सास्ती भएको हो ।
“जेब्राक्रसिङ छ, सडक पेटीसम्म जाने खुल्ला बाटो छैन, कसरी बाटो पार गर्ने?”- एक बटुवाले भने ।
“हिजोआज तपाईं पुष्पलाल चोक पुग्नुभएको छ ? नपुगेको भएपनि यहाँ एकपटक पुग्नुस् !” एक जना स्थानिय व्यापारीले भने-“सडक पार गर्न बनाइएको जेब्रा क्रसिङको बीचमा बार लगाईएको छ ।”
ज्रेबा क्रसिङ भनेको पैदल हिंड्नेहरु बाटो वारपार गर्ने ठाउँ हो तर यहाँ बार लगाइएको छ कसरी जेब्रा क्रसिङको महासुस गर्ने एक स्थानियको भनाई हो यो । बार बार्नु भनेको बाटो छेक्ने काम हो । बाटो पार गर्ने ठाउँमा बार ठड्याएर के गरेको त यस्तो? उनको प्रश्न । पुष्पलाल चोक र धम्बोझी चोकमा जेब्रा क्रसिङ पार गर्ने ठाउँमा रेलिङ (बार) लगाएको छ ।

जेब्राक्रसिङबाट हिड्न पैदलयात्रु सडक वारपार गर्दा झुक्किने गरेका छन् । जेब्रा क्रसिङ भएको ठाउँमा बार भएपछि जेब्रा क्रसिङ नभएको ठाउँबाट बाटो काट्नुपर्ने बाध्यतामा छन पैदलयात्रु ।
अलि धेरै भीडभाड हुने ठाउँ भएकाले पुष्पलाल चोक नजिकै दुईवटा जेब्रा क्रसिङको व्यवस्था गरिएको छ । जेब्रा क्रसिङ र छेकबार एकैठाउँमा राखेर पैदलयात्रुलाई झुक्याउन खोजेको सर्वसाधरणको गुनासो रहेको छ ।

यस बिषयमा बुझ्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख हुम बहादुर थापाले जेब्राक्रसिङ भएको ठाउँ खुल्ला हुन पर्ने बताए । जेब्राक्रसिङ भएको ठाउँमा रेलिङ लगाएको बारे हटाउन सडकलाई जानकारी गराईसकेको भन्दै सडक वारपार गर्ने ठाउँँमा रेलिङ लगाएको कार्य ट्राफिक नियम विपरित रहेको प्रमुख थापाले जनाए ।
यस्तै सडक डिभिजन कार्यालयका प्रमख अर्जुन बमसंग जेब्रा क्रसिङ र समग्र सडकको समस्याबारे बुझ्न खोज्दा कहिले विदा कहिले मिटिङमा भएको बताउदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्: