वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

ठाकुरबाबा नगरपालिकाले गर्‍यो पहिलो चौमासिक कार्यक्रमको सार्वजनिक सुनुवाई

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४ ।    

भुरिगाउँ, बर्दिया।
ठाकुरबाबा नगरपालिकाले आर्थिक बर्ष ०७४/७५ को प्रथम चौमासिक कार्यक्रम सञ्चालन तथा बजेट विनियोजन सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम भुरिगाउँमा सम्पन्न गरेको छ ।
स्थानिय तहको निर्वाचन पश्चात ठाकुरबाबा नगरपालिकाले वि सं २०७४ साउनदेखि कात्तिकसम्म नगरपालिका मार्फत सन्चालित कार्यक्रम तथा बिभिन्न शिर्षकमा प्राप्त र विनियोजित बजेटका सम्बन्धमा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।
ठाकुरबाबा नगरपालिका वडा नं-१ को कार्यालय भुरिगाउँमा आयोजित कार्यक्रममा सहभागी सर्वसाधारणले राखेका सवालहरुको नगर प्रमुख घन नारायण श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद खरेलले जवाफ दिएका थिए ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घन नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा प्रथम चौमासिक कार्यक्रमको कार्य प्रगति प्रतिवेदन प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद खरेलले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: