वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

ठाकुरद्वारामा निर्वाचन लक्षित अन्तरकृया कार्यक्रम सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०७४ ।    

भुरिगाउँ, बर्दिया। 
मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधी र प्रदेश सभा निर्वाचनलाई लक्षित गरि निर्वाचनका समयमा हुने अपराधजन्य कृयाकलापलाई न्यनिकरण गर्ने उद्धेश्यले बर्दियाको ठाकुरद्वारामा सामाजिक सद्भाब तथा लोकतान्त्रिक सहभागिता सम्बन्धी एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचन आयोग र युएनडिपीको सहयोगमा कार्यक्रमको आयोजना गरिएको उक्त कार्यक्रममा निर्वाचनका समयमा निर्वाचन कार्यालय सुरक्षा बललाई धम्काउने, बम बिस्पोट गर्ने गराउने , निर्बाचन आचारसहिंता उल्लघन गर्ने जस्ता कृयाकलाप हुने भन्दै यस्ता कृयाकलाप न्युनिकरण गर्न सचेत हुनुपर्ने क्षेत्रिय कार्यालय नेपालगन्जका प्रमुख सतिस पाण्डेले बताए ।
निर्वाचनमा शान्तिपुर्ण वातावरण पर्बद्धन गर्नका लागि आयोग र सुरक्षा निकाय बिचको उच्च समन्वय, हिशां बिरुद्धको प्रचार प्रसारमा निरन्तरता, राजनैनितक दलको सकृयता, नागरिक समाज, सन्चार तथा परिवेक्षेकको समन्वय र परिचालनमा ध्यान पुर्‍याउनु पर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिए ।
कार्यक्रममा राजनैतिक दल ,उम्मेदवार र अन्य सरोकारवाला पक्षले निर्बाचनलाई शान्त र भयरहित बनाउन आचारसहिंताको पालना गर्दै निर्बाचनका लागि उपयुक्त वाताबरणको सृजना गर्न हातेमालो गर्दै अधि बढ्नु पर्ने बिषयमा समेत छलफल भएको थियो ।
अन्तरकृया कार्यक्रममा बिबिसीका क्षेत्रिय सम्बातदाता उमित वागचन, धनगढिका क्षेत्रिय सल्लाहकार अर्जुन कुसवर, क्षेत्रिय कार्यलय नेपालगन्जका प्रमुख सतिस पाण्डे, बर्दिया क्षेत्र नम्मर २ का लोकतान्त्रिक र बाम गठबन्धनका उम्मेद्धारहरु, राजनितीक दल ,शिक्षक, बुद्धिजिबी, नागरिक समाज,पत्रकार, सुरक्षाकर्मि लगायत ४० जनाको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: