वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

शान्ति-सुव्यवस्था राखेको भन्दै स्थानियले गरे प्रहरी निरिक्षक मडैको सम्मान

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बिहिबार, कार्तिक ३०, २०७४ ।    

राजापुर, बर्दिया ।
स्थानियस्तरमा आपराधिक घटना नियन्त्रण तथा न्युनिकरणमा योगदान पुर्‍याएको भन्दै ईलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरिक्षक दानसिंह मडैलाई सम्मान गरिएको छ ।
गेरुवा गाँऊपालिकाले पाताभारमा रहँदा शान्ति, सुव्यवस्था कायम राखेको तथा स्थानिय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन अतुलनीय भुमिका बहन गरेको भन्दै मडैलाई सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै मडैले आपराधिक घटना नियन्त्रण तथा न्युनिकरण गर्न सह्रानिय भुमिका खेलेको गेरुवा गाँऊपालिकाका अध्यक्ष जमान सिंह के.सी.ले बताए । पाताभारमा करिब १ वर्षको कार्यभार सम्हालेका उनी काठमाडौं सरुवा भई जादैछन । उनलाई गाउँपालिकाकाअध्यक्ष के.सी.ले प्रशंशा पत्र सहित फुलमालाले सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: