वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

हिमालय सहकारीद्वारा ६८ जना विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: आइतवार, कार्तिक २६, २०७४ ।    

बगनाहा, बर्दिया ।
ठाकुरबाबा नगरपालिका–३, मानपुरमा रहेको हिमालय सहकारी संस्था लिमिटेडले एक कार्यक्रमका बिच संस्थाका ६८ जना शेयर सदस्यका छोराछोरीहरुलाई छात्रवृत्ती प्रदान गरेको छ ।


संस्थाको वार्षिक नियमित कार्यक्रम अन्र्तगत सामाजिक तथा शैक्षिक क्षेत्रको उत्तरदायित्व बहन गर्ने क्रममा नियमित कारोबार गर्ने शेयर सदस्यहरुबाट छनौट गरी निम्न आयस्तर भएका तथा जेहेन्दार विद्याथीहरुलाई छात्रवृत्ति प्रदान गरिएको संस्थाकी प्रवन्धक सावित्री श्रेष्ठले बताईन ।

वडा स्तरबाट पनी शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गरिने ठाकुरबाबा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्रीकृष्ण थारु, वडा नं. ४ का वडा अध्यक्ष शेर बहादुर थारुर वडा नं. ५ का वडा अध्यक्ष गंगाराम जैशीले बताएका छन । ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तथा संंस्थाका अध्यक्ष घननारायण श्रेष्ठको प्रमुख आतिथ्यता एवम शिक्षा उपसमिती संयोजक विमलादेवी कँडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ठाकुरबाबा नगरपालिका स्रोतकेन्द्र प्रमुख स्रोतब्यक्ती नन्दराम अधिकारीले शिक्षामा आफ्नो अनुभव सुनाउँदै शिक्षाको काम ज्ञान दिनु मात्र नभएर मानव जगतलाई विवेकशिल बनाउनु पनी रहेको बताए ।
सहकारी संस्थाले छात्रवृत्ती वितरणा गर्नु उदाहरणिय काम भएकाले अन्य सहकारीहरुले पनी शिक्षाको क्षेत्रमा लगानी गर्नु पर्ने बताउँदै छोराछोरीलाई विद्यालयमा पठाउँदैमा अभिभावकहरुको जिम्मेवारी पुरा नहुने भएकाले घर, समाज तथा विद्यालयमा आफ्ना छोराछोरीहरुको क्रियाकलापमा अभिभावकहरुले ध्यान दिनु पर्ने कार्यक्रमका अतिथी ठाकुरबाबा नगरपालिकाका शिक्षा शाखा प्रमुख सीता भण्डारीले बताईन ।


कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तथा हिमालय सहकारी संस्थाका अध्यक्ष घननारायण श्रेष्ठले विद्यालयको शिक्षा नै सम्पूर्ण नभएकोले घरपरिवार र समाजबाट पनी शिक्षा लिन सकिने बताए । राम्रो कामको सबैले अनुसरण गर्नु पर्ने बताउँदै शिक्षामा कुनै पनी प्रकारको सम्झौता गर्न नसकिने भन्दै विद्यार्थीहरुको गुनासो विद्यालय प्रशासनले सम्बोधन नगरेमा नगरपालिकामा आएर वा फोन मार्फत आफु समक्ष समस्या राख्न समेत नगरप्रमुख श्रेष्ठले सबैलाई आग्रह गरेका छन । विद्यालयमा विद्यार्थीहरु आएर मोबाईलमा भुल्ने गरेकाले पनी शैक्षिक अवस्थामा गिरावट आएको बताउँदै केहि समय भित्रै विद्यार्थीहरुलाई विद्यालयमा मोबाईल लैजान प्रतिबन्ध गरिने र मोबाईल लगेको भेटिएमा विद्यालयबाट निष्काशन सम्मको कार्वाहिको ब्यवस्था गरिने श्रेष्ठले बताए ।

बर्दिया जिल्ला कार्यक्षेत्र रहेको सहकारी हिमालय सहकारी संस्थाले सामाजिक कार्यक्रम उत्तरदायित्व वहन अन्र्तगत शेयर सदस्यहरुलाई सुत्केरी स्याहार रकम, काजकिरिया खर्च, तरकारीको विउ वितरण, शिक्षा तालिम तथा छात्रवृत्ती वितरण लगायतका कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ । साथै संस्थाले नियमित कारोबारमा बचत संकलन तथा ऋण लगानी, रासायनिक मल विक्री, एकिकृत कृषि फर्म, बंगुरपालन तथा सुपथ मुल्य पसल संचालन गरि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: