वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

बर्दियाको ५७ क्षेत्र अति संवेदनशील; सुरक्षा जाँचलाई कडा पारिएको प्रहरीको भनाई

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, कार्तिक २४, २०७४ ।    

गुलरिया, बर्दिया।
प्रतिनिधि र प्रदेश सभाका निर्वाचनका लागि बर्दियाको ५७ क्षेत्रलाई अति संवेदनशील मानिएको छ । अति संवेदशनशील मानिएका क्षेत्रहरुमा नेपाल भारत सीमा, बासगढी, पाताभार, बनियाभार लगायत रहेको प्रशासनले जनाएको छ ।
प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार अति संवेदनशील तथा संवेदनशील ४१ र सामान्य ५५ मतदान केन्द्र रहेका छन् । अति संवेदनशील र संवेदनशील मानिएको स्थलमा सुरक्षा जाँचलाई कडा पारिएको प्रहरीले जनाएको छ । नेपाल भारत सीमामा चेक जाँच कडा पार्नुका साथै निगरानी बढाइएको छ ।
जनशक्ति अभाव भएका कारण समस्या देखिएको र थप जनशक्तिका लागि केन्द्रलाई जानकारी गराएको भट्टराइले बताउनुभयो । थोरै सवारी साधनले गस्तीमा समस्या आएको सुरक्षा निकायले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: