वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

कलेजमा अध्ययनरत विद्यार्थीहरुले प्रदर्शन गरे आफैले बनाएको विद्युतीय सामग्री

        भगतराम थारु   |   प्रकाशित मिति: बुधबार, कार्तिक २२, २०७४ ।    

नेपालगन्ज,बाँके।
नेपालगन्जका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न प्रकारका विद्युतीय सामाग्री बनाएर प्रदर्शन गरेका छन् । उनीहरुले बनाएका सामाग्रीबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गरिएको थियो ।
आफ्नो छोराछोरी विद्यालयमा पुग्यो कि पुगेन, सुतेरै बत्ती बन्द र खोल्न सकिने जस्ता विभिन्न प्रकारका विद्युतीय उपकरणहरु बनाएको विद्यार्थी विमलकुमार यादवले बताए ।
आरजी डिजिटल नेपाल र एनकाइचो ग्रुप नामक नामाकरण गरि उनीहरुले आफ्नै कोठामा विभिन्न प्रकारका उपकरण बनाएको बताए । बाँके, बर्दिया, कैलाली र जाजरकोटका करिव ५० जना युवाहरुले पढाई संगसंगै विभिन्न किसिमका विद्युतीय सामाग्री निर्माण गरि देशलाई वेरोजगार मुक्त बनाउन अभियानमा लागेको उनिहरुको भनाई छ । वैज्ञानियक युगमा पनि वेरोजगार वसेका युवालाई रोजगार बनाएर देखाउनका लागि विद्यार्थी जीवनमै रोजगार बनाउने उद्देश्यका साथ यस्तो प्रविधि भित्र्याएको विद्यार्थी अमिन विष्टले बताए ।
युवाहरुको समूहले पक्षघात (प्यालाईसिस) भएका व्यक्तिले सजिलैसंग बिद्युतीय उपकरण प्रयोग गर्न सक्ने यन्त्र निर्माण गरेका छन् ।
उक्त समूहले पक्षघातका बिरामीले बिस्तरा वा ह्वीलचियरमै बसेर बिद्युतीय सामाग्री खोल्न र बन्द गर्न मिल्ने प्रबिधि निर्माण गरेका हुन । पक्षघातका बिरामीले सजिलैसंग पंखा, बत्ती (चिम), फ्रिज, बेल जस्ता बस्तुहरु चलाउन सजिलो बनाउने उद्देश्यले एक हप्ता लगाएर युवाहरुले उक्त प्रबिधिको निर्माण गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: