वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

पेस्तोल र गोली सहित एक युवा पक्राउ

        भगतराम थारु   |   प्रकाशित मिति: बुधबार, कार्तिक २२, २०७४ ।    

नेपालगन्ज, बाँके।
नेपालगन्ज भन्सार नाकाबाट प्रहरीले पेस्तोल र गोली सहित एक युवालाई पक्राउ गरेको छ ।
४५ थान गोली र एक थान यएरगन सहित बाँके प्रहरीले एक जनालाई नेपाल–भारत सीमा नाका जमुनाहबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
भारतको सिमलामा मजदुरी गरेर घर फर्कदै गरेका सल्यान थारमारे–७ का रमेश योगीको साथमा एक थान यएर गन र त्यसमा लाग्ने ४५ थान गोलीसहित बुधबार बिहान साढे छ बजे चेक जाँचको क्रममा नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय जमुनाहको नियन्त्रणमा परेका योगी र उनको साथमा बरामद भएको यएरगन त्यसको गोलीसहित आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाईएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: