वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

प्रशासनबाट आकस्मिक छड्के,बर्दियामा १५४ कर्मचारी अनुपस्थित

        छापाबाट   |   प्रकाशित मिति: मङ्लबार, कार्तिक २१, २०७४ ।    

गुलरिया, बर्दिया ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले मंगलबार सदरमुकाम गुलरिया स्थित विभिन्न कार्यालयमा आकास्मिक छड्के हाजिरी अनुगमन गर्दा १ सय ५४ कर्मचारी अनुपस्थित भएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले छड्के हाजिरी अनुगमनमा नापी, मालपोत, सिचार्इँ, घरेलु उद्योग, वन, कृषि, शिक्षा, जिल्ला समन्वय समिति र जिल्ला प्राविधिक कार्यालयमा बिहान १० बजे हाजिर चेक गर्दा अधिकृत चारसहित ९१ जना कर्मचारी अनुपस्थित भेटिएको शाखा अधिकृत ढुण्डीराज पोखरेलले जनाए ।
अनुगमन गर्दा चार कार्यालयमा प्रमुख अनुपस्थित थिए । यसैगरी, अस्पताल, जिल्ला स्वास्थ्य, महिला विकास र भेटनरीमा अनुगमन गर्दा एक कार्यालय प्रमुखसहित ६३ जना कर्मचारी अनुपस्थित भेटिएका छन् । कार्यालयका अनुपस्थित भएका र पोशाकमा नआएका २५ जना कर्मचारीमाथि कारवाही चलाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कमल पन्थीले लेख्नु भएको यो समाचार हामीले कान्तिपुर दैनिकबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: