वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

बर्दियामा धानको उचित मुल्य छिट्टै निर्धारण हुने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, कार्तिक २१, २०७४ ।    

राजापुर, बर्दिया ।
बर्दियामा धानको उचित मुल्य छिट्टै निर्धारण हुने भएको छ । बर्दियाको राजापुरस्थित नेपाल खाध्य संस्थानले सबै पक्षहरुलाई मध्यनजर राख्दै कार्तिक महिना भित्रै मुल्य निर्धारण गरी किसानहरुलाई राहत दिने बताएको हो ।


चुनावी शिलशिलामा राजापुर पुगेका बिना बिभागिय मन्त्री तथा प्रतिनीधी सभा बर्दिया २ का उम्मेदार सन्त राम थारुले नेपाल खाध्य संस्थान आधुनिक चामल कारखाना राजापुरका प्रमुख भोज राज पाण्डेसँग भेट गरी समयमै धानको मूल्य निधारण गर्न अनुरोध गरेका थिए ।
संस्थानबाट समयमै धानको मूल्य निधारण नगरिदा प्रत्यक वर्ष किसानहरु मर्कामा पर्ने गरेको गुनासोलाई छिटोछरितो समाधान गरी धानको उचित मूल्य निधारण गर्न प्रमुखलाई अनुरोध गरेका थिए ।
भेटमा राजापुर नगरपालिका प्रमुख शिब कुमार थारु, प्रदेश सभा बर्दिया २ ख का उम्मेदार दिपेश थारु, निर्वतमान सभासद मान बहादुर थारुको पनि उपस्थिती रहेको थियो ।
सस्थानले धानको रेट मात्र खोली दिने मात्रै जस्तो भएको छ, किसानले हामीलाई धान सोचेभन्दा निकै कम दिने गरेको बताउदै प्रमुख भोज राज पाण्डेले लक्ष्य अनुसारको धान संकलन मुस्किलले हुने गरेको बताए । पाण्डेले कातिक २६/२७ गते भित्र सबै पक्ष हेरेर उचित मूल्य निधारण हुने बताए । उनले कैलाली, बाँके,बर्दियाको रेट हेरी निधारण गर्ने केही प्रक्रियाहरु रहेकोले केही समय लाग्ने बताए ।
ईलाका प्रशासन कार्यालय राजापुरका प्रमुख अर्जुन सुवेदीले धानको मूल्यका बिषयमा छिटो र उचित मुल्य निधारण गर्न पहल गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्: