वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

नेपालगन्जमा व्यवस्थित पार्किङ स्थल बनाउने तयारी

        भगतराम थारु   |   प्रकाशित मिति: सोमवार, कार्तिक २०, २०७४ ।    

नेपालगञ्ज,बाके ।
नेपालगन्ज उपमहानगरपालिकाको नगर क्षेत्रको यातायात पार्किङ व्यवस्थित गरिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा आईतबार बसेको सर्वदलीय, सर्वपक्षीय वैठकले गरेको निर्णयानुसार नगर क्षेत्रको मुख्य सडक क्षेत्रमा पार्किङ स्थान छुट्याइने भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको अध्यक्षतामा बसेको राजनीतिक दल, विषयगत कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख सहितको बैठकले सडक क्षेत्रमा पार्किङ स्थल पहिचान गर्ने, सहज आवागमनका लागि अनावश्यक डिभाइडर हटाउने प्रक्रिया थाल्ने निर्णय गरेको हो ।
उपमहानगरपालिकाका प्रमुख मेयर धवल शमशेर राणा, उपप्रमुख उमा थापा मगर, सडक डिभीजन कार्यालयका प्रमुख अर्जुन कुमार बम समेतको उपस्थिती रहेको वैठकमा संघीय प्रहरी इकाई कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक महेश विक्रम शाहले ट्राफिक व्यवस्थापन सम्वन्धी विस्तृत कार्ययोजना प्रस्तुत गरेका थिए ।
वरिष्ठ प्रहरी उपरिक्षक शाहले डिभाइडरले अनावश्यक ठाउँ ओगटेको, फोहर बढाएको दावी गर्दै दर्जनौं पार्किङस्थलको पहिचानससहित कार्यान्वयन प्रक्रियामा जानुपर्नेमा जोड दिए । उपमहानगरपालिकाका मेयर राणाले सम्वद्ध सबै कार्यालयसँगको समन्वय र सहकार्यमा सडक व्यवस्थित गरि सुन्दर र व्यस्थित नगर बनाउने विश्वास व्यक्त गरे ।
डिभीजन प्रमुख वमले डिभाइडर हटाउने सम्वन्धमा एडिवीमा सिफारिस गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । वैठकले उपमहानगरपालिकाको संयोजकत्वमा सडक डिभीजन, यातायात, संघीय प्रहरी इकाई, टूाफिक प्रहरी कार्यालय समेत रहने गरि पार्किङस्थल पहिचान समिति निर्माण गरिएको छ ।
यातायातसँग सरोकार कार्यालय, राजनीती कमी, विभिन्न कार्यालय प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा विभिन्न जिज्ञाशासहितको सुझाव राखीएको थियो ।

प्रतिक्रिया दिनुहोस्: