वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

स्वदेशी खुसार्नीको माग बढ्यो; भारतियभन्दा सस्तो र राम्रो

        भगतराम थारु   |   प्रकाशित मिति: बुधबार, कार्तिक १५, २०७४ ।    

कोहलपुर, बाँके।
भारतीय खुसार्नीको एकाधिकार रहेको नेपालगन्ज र कोहलपुरमा अहिले प्रयाप्त रुपमा नेपालका पहाडी जिल्लाको खुसार्नी खपत हुन थालेको छ । खुसार्नीका लागि भारतीय उत्पादनमा भर पर्दै आएका खुद्रा तथा फुटकर तरकारी व्यापारीहरुले अहिले मध्य र सुदुरका पहाडी जिल्लाबाट खुसार्नी ल्याउने गरेका हुन ।
कोहलपुर र नेपालगन्जमा अहिले बैतडी, सुर्खेत, सल्यान, रोल्पा, दैलेखबाट खुसार्नी आउने गरेको छ । अहिले भारतीय खुसार्नी आउने र ल्याउने क्रम न्यून भएको कोहलपुरका फुटकर तरकारी व्यापारी जगदिशप्रसाद गुप्ताले बताए । भारतीय खुसार्नी विस्थापित हुँदै गएको बताउदै उनले ११० देखि १२० रुपैँया प्रतिकिलो हरियो खुसार्नी पहाडी जिल्लाबाट आयात हुने गरेको जनाए । अहिले बजारमा सुकेको खुसार्नी किलोको २५० रुपैँया रहेको छ ।
बजारमा पहाडी जिल्लाबाट ल्याएको खुसार्नी प्रशस्त आउने गरेको छ । हरियो, ताजा, आगर्निक खुसार्नी आउने गरेको छ । तरकारी व्यवसायीका अनुसार भारतीय खुसार्नीमा किरा लाग्ने, कुहिने, ठेला र टुपा कुहिने, कालो दाग लाग्ने समस्या धेरै छ । तर स्वदेशी खुसार्नीमा त्यस्तो समस्या खासै देखिदैन् ।
असोजदेखि जेठसम्म बजारमा स्वदेशी बजारको खुसार्नी अत्याधिक हुने गरेको कोहलपुर तरकारी तथा फलफुल थोक बजारमा अध्यक्ष छविलाल भट्टराईले बताए । हरेक वर्ष कोहलपुरमा मात्र पहाडी जिल्लाबाट करोड मूल्यको खुसार्नी आउने गरेको उनले भने । ‘बाँकेमा खासै खुसार्नी उत्पादन हुँदैन्,’ उनले भने, ‘पहाडी जिल्लाबाटै दैनिक व्यवसायीले ल्याउँछन् ।’ खुसार्नी भारतीय भन्दा खानुमा नेपाली खुसार्नीको स्वाद फरक हुने उनी भन्छन् । अहिले उपभोक्ता पनि स्वदेशी खुसार्नी खोज्ने गरेको व्यवसायी बताउँछन् । भारतीय खुसार्नीभन्दा केही महंगो भएपनि स्वदेशी खुसार्नीको अहिले बजार विस्तार भैईरहेको छ । असारदेखि असोजसम्म स्वदेशी खुसार्न बजारमा कम हुने भएपनि असोज अन्तिमदेखि असारसम्म बजार माग पुग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्: