वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

त्रिशुली नदीमा बस खस्यो, ११ को मृत्यु, १५ जना घाइते, करिव २५ जना बेपत्ता: उद्दार जारी

        एजेन्सी   |   प्रकाशित मिति: शनिबार, कार्तिक ११, २०७४ ।    

राजविराजबाट काठमाडौं जाँदै गरेको ना६ख १४६७ नम्बरको सन्देश ट्राभल्सको बस त्रिशुलीमा खस्दा ११ को मृत्यु, १५ जना घाइते, करिव २५ जना बेपत्ता भएको बताईएको छ ।

शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको बसबाट ११ जनाको शव निकालिएको छ । बिहानैदेखि प्रहरी सहित उद्दारका लागि खटिएका गोताखोरले ४ महिला र ७ पुरुषको शव निकालेहो हो । बसमा कति यात्रु चढेका थिए भन्ने यकिन नहुँदा त्रिशुली नदी कति बेपत्ता छन् भन्ने थाहा हुन सकेको छैन ।

प्रहरीका अनुसार राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर पल्टी गरेको थियो । हेटौंडाबाट छतमा समेत यात्रु खचाखच लिएर काठमाडौं हिँडेको घाइते यात्रु बताउँछन् ।

उनीहरुका अनुसार छत र बस भित्र गरेर ५० जना भन्दा बढी यात्रु सवार थिए ।

घाइते मध्ये ४४ वर्षीय दुर्गानन्द चौधरी र उनका १७ वर्षीय छोरा अभिषेक चौधरीको मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

अहिले बस तान्नको लागि क्रेन ल्याइएको छ । क्रेनले बस तानेर बाहिर निकाल्ने प्रयास भइरहेको छ । -कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्: