वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बाढीपीडितहरुमा मलेरियाको संक्रमण: नियन्त्रणका लागि विषादी छर्किने अभियान शुरु

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, कार्तिक १०, २०७४ ।    

बाँके।
बाँकेको बाढी प्रभावित क्षेत्रमा मलेरियाको संक्रमण देखिएको छ । बाढी प्रभावित क्षेत्रमा हाल सम्म ३२ जनामा मलेरियाको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा मलेरिया सार्ने लामखुट्टे बढेपछि उक्त क्षेत्रमा मलेरियाको संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका भेक्टर कन्ट्रोल सहायक रत्नलाल शर्माले जानकारी दिनुभयो । उहाले राप्ती–सोनारी गाउँपालिकाका वडा नंं. २ देखि ५ का नरैनापुर, डुडुवा र बैजनाथ गाउँपालिकामा मलेरियाको संक्रमण देखिएको बताउनुभयो ।
अन्य ठाउँका मानिसमा पनि मलेरियाको संक्रमण देखिएको छ तर बाढी प्रभावित क्षेत्रमा यसको संक्रमण बढी देखिएको छ । दसैँ, तिहारका बेला मानिसको ओहोरदोहोर धेरैे भएकाले मलेरियाको संक्रमण फैलिने गरेको ब शर्माले ताउनुभयो ।
बाढी प्रभावित क्षेत्रमा लामखुट्टे वृद्धि भएकाले साविकका कचनापुर, बैजापुर, बिनौना, होलिया, गंगापुर गाविसमा मलेरियाको संक्रमण देखिएको छ । बाढीपछि बढेको फोहोर र पानीका कारण लामखुट्टे पैmलिएर मलेरियाको संक्रमण बढाएको हो ।
मलेरियाको संक्रमण देखिएकाहरूको नेपालगन्ज स्थित भेरी अंचल अस्पतालमा उपचार भइरहेको छ । मलेरियाको संक्रमण भएकाहरूको खोजी गरी अस्पतालमा पु¥याउने र शंका लागेका ब्यक्तिको रगत परीक्षणमा जिल्ला जनस्वास्थ्यले सघाउँदै आएको भेक्टर कन्ट्रोल सहायक शर्माले बताउनुभयो ।
बाढी प्रभावित क्षेत्रमा मलेरियाको संक्रमण देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले मलेरिया रोगबाट बढी प्रभावित राप्ती–सोनारी गाउँपालिकाका विभिन्न वडामा मलेरिया र कालाजार रोग नियन्त्रणका लागि कीटनाशक विषादी छर्किने अभियान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्: