वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बर्दियामा डि ए पी मल अभाव, सीमा क्षेत्रका किसानहरू गुणस्तरहिन मल प्रयोग गर्दै

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, कार्तिक ९, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दियामा डि ए पी रासायनिक मलको अभाव भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडको गुलरिया स्थित प्रशाका कार्यालय डिपोमा डि ए पी मलको मौज्दात सकिएकाले अभाव भएको हो ।  आलु, तोरी तथा अन्य तरकारी खेतीको समयमा डि ए पी मलको अभाव हुँदा किसानहरू चिन्तीत बनेका छन ।

मल आयातमा केही ढिलाइ भएकाले रासायनिक मलको अभाव भएको हो । मल भारतको कोलकाताबाट लोड भएर हिँडेको गुलरिया प्रशाखा कार्यालयले जनाएको छ । करिब एक सातापछि मात्र मल बर्दिया पुग्ने कार्यालयले जनाएको छ ।

रासायनिक मलको अभाव भएपछि सीमा क्षेत्रका किसानहरू कम गुणस्तरका रासायनिक मलको प्रयोग गरिहेका छन् । कृषि सामग्रीको मल भन्दा भारतबाट ल्याइएको मल केही सस्तो भए पनि खुला नाका भएर आउने भएकाले गुणस्तर हीन हुने कृषि प्राविधिकहरु बताउने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्: