वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

गुलरिया नगरपालिकाले पारित गर्‍यो ६३ करोडको बजेट

        छापाबाट   |   प्रकाशित मिति: बुधबार, कार्तिक ८, २०७४ ।    

गुलरिया, बर्दिया ।
बर्दियाको सदरमुकामसमेत रहेको गुलरिया नगरपालिकाले चालु आर्थिक बर्ष ०७४र०७५ का लागि करिव ६३ करोड रुपैया बजेट विनियोजन गरेको छ। ढिलो गरी बसेको गुलरिया नगरपालिकाको प्रथम नगरसभाले चालु र पुँगीगत खर्च तर्फ गरी ६२ करोड ९९ लाख २५ हजार रुपैया पारित गरेको हो। गुलरिया नगरपालिकाको प्रथम नगरसभाले नेपालको संविधानको धारा २२९ को दफा २ वमोजिम विनियोजन ऐन ०७४ मार्फत संचित कोषबाट रकम खर्च गर्ने अधिकार दिएको हो।
नगरपालिका, वडा समिति, बिषयगत शाखाले गर्ने सेवा र कार्यका निमित्त अनुसुचि १ मा उल्लेखित चालुखर्च, पुँजीगत खर्च र वित्तिय व्यवस्थामा खर्च गर्ने गरी विनियोजन ऐन पारित गरेको गुलरिया नगरपालिकाले जनाएको छ। अनुसुचीमा उल्लेख भए अनुसार नगरपालिकाको चालु खर्च तर्फ १३ करोड ८९ लाख १४ हजार ४८० रुपैया र वार्डहरु तर्फ १ करोड ४६ हजार ४०० रुपैया विनियोजन गरेको गुलरिया नगरपालिका प्रशासन शाखा प्रमुख कपिल घिमिरेले बताए। उनले भने, ‘नगरपालिकाको पूँजीगत खर्च तर्फ ३६ करोड ६० हजार ६५२ रुपैया र वार्डहरु तर्फ १२ करोड रुपैया विनियोजन भएको छ।


सोमवारदेखि शुरु भएको नगरसभाले गुलरिया नगरपालिकाको बजेट, निति तथा कार्यक्रम माथी छलफल गर्दै पारित गरेको हो। सभामा पूर्वाधार तर्फका नगर तथा वडा स्तरिय योजना, करको दररेट, कर्मचारी सम्वन्धी योजना लगायत संस्थाका नितिगत व्यवस्थाका बारेमा छलफल भैरहेको घिमिरेले प्रष्ट पारे। उनले थपे, ‘सबै कुरामा छलफल टंगाउन केही दिन लाग्न सक्छ।’
गुलरिया नगरपालिकाले भौतिक पूर्वाधार, शिक्षा, कृषि तथा पशुपालन, स्वास्थ्य खानेपानी तथा सरसफाई, पर्यटन सँस्कृति तथा वातावरण, सामाजिक विकास, महिला शसक्तिकरण लगायतका क्षेत्रमा गहन छलफल भैरहेको वुझिएको छ।नगरसभा सकिए लगत्तै पत्रकार सम्मेलन मार्फत सवै कुराहरु जानकारी गराईने घिमिरेले बताए।
सोमवार गुलरिया नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर एवम् स्थानिय सरकार प्रमुख मुक्तिनाथ यादवले गरेका छन्। वडा अध्यक्षहरुले पेश गरेका योजना उपर नगरसभाका सदस्यहरु विच छलफल भैरहेको जनाईएको छ। यो समाचार हामीले अन्नपूर्ण पोस्टबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: