वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

बालअधिकारका लागि राष्ट्रिय अभियान बर्दिया संयोजकमा आशिष तिमिल्सिना

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, अशोज ३०, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
बाल अधिकारका लागि राष्ट्रिय अभियानको हिजो बसेका केन्द्रिय समितिको बैठकले जिल्ला संयोजकको छनौट गरी नामावली प्रकाशन गरेको छ । बर्दियाको संयोजकमा आशिष तिमिल्सिना छनौट भएका छन ।
बाल अधिकार संरक्षण,प्रवर्द्धन,स्थाइत्व र बाल मैत्री वातावरण निर्माणका लागि बाल क्लबका पुर्ब सदस्यहरुको राष्ट्र व्यापी आवाज “बाल अधिकारका लागी राष्ट्रिय अभियान”को १,३,४ प्रदेशको जिल्ला सन्योजक चयन गर्नमा अलि ढिलाइ भएको बताईएको छ । प्रदेश नम्बर २,५,६,७ को जिल्ला संयोजकहरुको नामावली प्रकाशन गर्दा प्रदेश नम्बर ५ बाट नवलपरासीमा ज्ञानेश्वर सहानी, रुपन्देहीमा अजय मल्लाह, पाल्पाबाट पदम सारु मगर , कपिलवस्तुबाट मो० इर्फान मन्सुरी, अर्घाखाँचीबाट दिनेश खनाल , गुल्मीबाट बिकाश तामाङ, बागलुङबाट सुरक्षा खड्का ,पियुठानबाट मित्रमणी पौडेल , रोल्पाबाट आकाश जि०सि०,दाङबाट आशिष पन्थी ,बाकेबाट साहिल अन्सारी , बर्दियाबाट आशिष तिमिल्सिना र रुकुमबाट संगीता बि०क० छनौट भएका छन।

प्रतिक्रिया दिनुहोस्: