वि.सं.   बिहिबार, माघ ४, २०७४   तदनुसार  18 January 2018

काङ्रेस बर्दिया-२ बाट आरजु देउवा सिफारिस

        छापाबाट   |   प्रकाशित मिति: बुधबार, अशोज २५, २०७४ ।    

गुलरिया,बर्दिया।
नेपाली कांग्रेसकी नेत्री डा. आरजु देउवा बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वारमा सर्वसम्मत सिफारिस भएकी छिन्।

नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर २ तथा जिल्ला कार्य समिति बर्दियाले प्रतिनिधिसभा सदस्यको उम्मेद्वारमा डा देउवासहित किशोर राठौर, अरुण राठौर र मालती सोडरीको नाम सिफारिस गरेको हो।

त्यसैगरी समानुपातिकतर्फ नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको नाम सिफारिस गरेको कांग्रेस बर्दियाले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्: