वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

गाउँघरमै अवैध हतियार बन्न थालेपछि सुरक्षा निकायलाई चुनौती

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, अशोज २५, २०७४ ।    

भुरिगाउँ. बर्दिया।
अवैध हात हतियार गाउँघरमै बन्न थालेपछि सुरक्षा निकायलाई चुनौती थपिएको छ । भारतसँगको खुला सिमानाका कारण पनि बर्दियामा आपराधिक गतिविधि बढी हुने गरेको पाइन्छ । अवैध ढंगले घरेलु हतियार बन्न थालेपछि प्रहरीलाई शान्ति–सुरक्षा कायम गराउन चुनौती थपिएको छ ।

संघीय प्रहरी इकाइ कार्यालय नेपालगन्ज र बर्दिया जिल्ला प्रहरीको संयुक्त गस्ती टोलीले बाह्रबर्दिया नगरपालिकाको जमुनियास्थित भक्तबहादुर सुनारको घरबाट भक्तबहादुर सुनारसहित नेपालगन्ज बस्ने इन्द्रबहादुर सुनार र बर्दियाकै बलबहादुर सुनारलाई केहि दिन अघी अवैध हतियार तथा हतियार निर्माणमा प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको थियो । प्रहरीले तीन थान भरुवा बन्दुकसहित सनासो, रेती, घन, हथौडी, छिनो र आरन पंखालगायत सामान बरामद गरेको थियो ।
घरेलु हतियारका कारण समाजमा आपराधि क्रियाकलाप बढी रहेकोले गाउँघरमा कुनै शंकास्पद गतिविधि भए प्रहरीलाई खबर गर्न बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले आग्रह गरे ।
यसरी गाउँघरमा बनाईएको हातहतियारहरु बर्दिया सहित बाँके, सुर्खेत, कैलाली, दाङ, सल्यानसम्म पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: