वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

१० केजी चरेससहित बर्दियामा एक महिला पक्राउ

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, अशोज २२, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
सुरक्षा चेक जाँचका क्रममा बर्दियाको आम्बासाबाट झण्डै १० किलो चरेससहित एक महिला पक्राउ परेकी छिन् ।
पुर्ब पश्चिम राजमार्ग अन्तरगत बर्दियाको आम्बासा चेक पोष्टबाट बर्दिया राष्ट्यि निकुन्ज सुरक्षार्थ खटिएको शिब दल गणको नेपाली सेनाले झण्डै १० किलो चरेस सहित ३० बर्षिया पबित्रा पुनलाई पक्राउ गरेको हो ।

रुकुम काक्री-६ घर भई हाल दाङ्गको घोराही उपमहानगरपालिका ६ बस्ने ३० बर्षिया पबित्रा पुनलाई चरेस सहित सेनाले पक्राउ गरेको हो । काठमाडौबाट धनगढीका लागि छुटेको रात्री बसमा लमहिबाट धनगढि जान लागेकी पुनलाई ९ किलो ७ सय ग्राम चरेस सहित सेनाले आम्बासाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी महिलालाई सेनाले इलाका प्रहरी कार्यालय भुरिगाउँको जिम्मा लगाएको थियो । थप अनुसन्धानका लागि महिलालाई सदरमुकाम गुलरिया पठाईएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: