वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

मान्छे मार्ने चितुवा खोज्न विशेषज्ञ टोली अर्घाखाँचीमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, अशोज २१, २०७४ ।    

अर्घाखाँची।
गाउँ पसेर १० भन्दा बढी मानिसको ज्यान लिने चितुवा नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले काम सुरु गरेको छ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला वन कार्यालयको पहलमा चितवनबाट चितुवा नियन्त्रणमा लिने विशेषज्ञ सहितको टोली आएको जिल्ला वन कार्यलय अर्घाखाँचीका प्रमुख दीपक ज्ञवालीले बताए।


नरभंक्षी चितुवाले पछिल्लो ३ वर्षमा १८ बालबालिकालाई आक्रमण गर्नुका साथै १० भन्दा बढीको ज्यान लिई सकेको छ । पछिल्लो पटक गएको सोमबार सन्धिखर्क नगरपालिका–२ का कुर बेहोरेका अशोक नेपालीकी ८ वर्षीया छोरी प्रशन्ना नेपालीलाई चितुवाले खाएको थियो।
चितुवा नियन्त्रणमा लिन ३० जना नेपाली सेना र ३० जना प्रहरी गरी ६० जनाको टोलीले दैनिक खोजी कार्य जारी राखेको भए पनि नियन्त्रण लिन सकेको छैन। जिल्ला सुरक्षा समितिको निर्णयबाट चितुवा नियन्त्रणमा लिन वा मार्न टोली परिचालन भएका हुन्।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार रातको समयमा पनि चितुवाको खोजी भइरहेको छ। २/३ क्लस्टर बनाएर घेरा हाली खोज्ने कार्य शनिबारदेखि सुरु भएको छ। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस्: