वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बर्दियामा लगाईएको कफ्र्यू हट्यो

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, अशोज १७, २०७४ ।    

गुलरिया, बर्दिया ।
सदरमुकाम गुलरियाको लालपुर क्षेत्र आसपासमा लगाईएको कफ्र्यू २३ घण्टापछि हटाइएको छ । आइतबार राती ताजिया विसर्जन गर्ने र मुर्ती विर्सजन गर्ने समूहविच झडप भएपछि स्थिती सामान्य पार्न गुलरिया नगरपालिका वडा नम्बर ११ को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा सोमबार बिहान १० बजेदेखि कफ्र्यू लगाइएको थियो ।
हिजो विहान देखी लगाईएको कफ्र्यू अहिले ९ बजेदेखि हटाईएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । २३ घण्टा देखि लागेको कफ्र्यू हटेसँगै जनजीवन सामान्य बन्दै गएको छ । कफ्र्यू हटाईए पनी स्थिति हेरेर फेरि कफ्र्यू लगाउने वा नलगाउने निर्णय गर्ने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: