वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

बर्दियामा लगाईएको कफ्र्यू जारी, सदभाव कायम राख्न स्थानिय प्रसासनको आग्रह

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, अशोज १६, २०७४ ।    

गुलरिया, बर्दिया ।

सदरमुकाम गुलरिया नगरपालिकाको लालपुर क्षेत्रमो अनिश्चित कालिन कफ्र्यू लगाइएको छ । आईतबार राती गुलरिया नगरपालिका–११ लालपुरमा ताजिया विसर्जन गर्ने र मुर्ति विजर्सन गर्ने समुह विच बाटो प्रयोग गर्ने विषयमा झडप हुँदा ७ जना घाइते भएका थिए । सोहि विषयलाई लिएर आईतबार बेलुकी भएको झडप साम्य पार्न प्रहरीले १ राउन्ड अश्रुग्यास र २ राउन्ड हवाइ फायर समेत गरेको थियो ।


सोमबार बिहान पनि झडप हुनसक्ने देखिएपछि सदरमुकाम गुलरियाको लालपुर आसपासको क्षेत्रमा अर्को सूचना नआए सम्मका लागि कफ्र्यू लगाईएको बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जानकारी दिए । स्थानिय प्रशासनले बिहान १० बजेबाट लालपुरदेखि ५ सय मिटर पू्र्व, पश्चिम, उत्तर र दक्षिण चारैतिर कफ्र्यु जारी गरेको छ । कफ्र्यु मंगलबार बिहान ९ बजेसम्म जारी रहने स्थानिय प्रशासनले जनाएको छ ।


कफ्र्यू लगाईएपछि दशै मनाएर घर फर्किन थालेका तथा अत्यावस्यक कामका लागि आवत जावत गर्ने यात्रुहरु गुलरिया–नेपालगंज सडक खण्डमै अलपत्र परेका थिए । बर्दियाको गुलरिया नेपालगंज सडक खण्डमा यातायातका साधनहरुलाई प्रहीले स्कटिङ गरेर गन्तब्यमा पुर्याउन थालेको प्रहरी प्रमुख जनक भट्टराइले जानकारी दिए । आपसीरुपमा सदभाव कायम राख्न स्थानिय प्रसासनले सबैलाई आग्रह गरेको छ ।


प्रमुख जिल्ला अधिकारी सहितको बार्ता टोलीमा बिबाद अघि नबढाएर आफ्ना पक्षलाई शान्त रहन आग्रह गर्न दुबै पक्ष सहमत भएपछी बिबाद टुंगीएको हो । दुबै पक्षको आग्रह अनुसार मंगलबार विहान सम्मका लागि कफ्र्यु जारी राखीएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: