वि.सं.   शनिबार, कार्तिक ४, २०७४   तदनुसार  21 October 2017

समयमै निर्वाचन गराउन सरकार प्रतिवद्ध छ : मन्त्री गौतम

        बर्दिया अनलाईन   |   प्रकाशित मितिः मङ्लबार, अशोज १०, २०७४     ::: 270 पटक पढिएको   |  

गुलरिया, बर्दिया ।
सिँचाई मन्त्री संजय कुमार गौतमले तोकिएकै समयमा प्रदेश र संघीय निर्वाचन हुने बताएका छन । नेपाल पत्रकार महासंघ बर्दियाले मंगलबार सदरमुकाम गुलरियामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री गौतमले कुनै पनी अवस्थामा निर्वाचनको मिती परिवर्तन नहुने बताएका हुन ।

समयमै निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताउँदै निर्वाचन आयोग प्रदेश र संघीय निर्वाचनको तयारीमा लागेको र प्रारम्भिक गृहकार्य समेत सम्पन्न भइसकेकाले निर्वाचनबारे शंका नगर्न समेत गौतमले आग्रह गरेका छन ।

तिन चरणमा नै भए पनी स्थानिय तहको निर्वाचन सफलताका साथ सम्पन्न भए संगै संविधानको कार्यान्वयनमा थप सहजता हुने भन्दै परिवर्तनलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेकोले सबैलाई सकारात्मक भएर निर्वाचनको वातावरण तयार गर्नका लागी सहयोग गर्न समेत मन्त्री गौतमले आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्