वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बर्दियामा मेयर टी२० कप क्रिकेट संचालन हुने

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: मङ्लबार, अशोज १०, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
क्रिकेट समर्थक समाज, बर्दिया समन्वय समिति र विकासप्रेमी युवा समुह बर्दियाको संयुक्त आयोजनामा जिल्लास्तरीय Mayar T20 Cup  संचालन हुने भएको छ ।
विगत ४/५ वर्षदेखि बर्दिया जिल्लामा क्रिकेट सम्बन्धि जिल्लास्तरीय प्रतियोगिताहरु संचालन नहुँदा जिल्लाका क्रिकेट खेलाडीहरु पलायन हुने स्थितिमा पुगेका छन् ्र बर्दिया जिल्लामा अहिले क्रिकेटसम्बन्धि गतिविधि शुन्य अवस्थामा रहेको छ । जिम्मेवार निकायबाट क्रिकेटसम्बन्धि कुनै प्रतियोगिता नहुंदा बर्दिया जिल्लाका क्रिकेट प्रतिभाहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुग्ने अवसर समेत गुमाइरहेका छन् ।

जिल्लाको क्रिकेट सम्बन्धि बिभिन्न समस्याहरुलाई मध्यनजर गर्दै नेपाली क्रिकेट समर्थक समाज, बर्दिया समन्वय समितिले विकासप्रेमी युवा समुह बर्दिया संग सहकार्य गर्दै जिल्लाको क्रिकेटलाई पुनः चलायमान बनाउन र बर्दियामा क्रिकेटको संस्कार बसाउनका लागि जिल्ला स्तरीय मेयर टी २० कप संचालन गर्न लागीएको जनाएको छ ।

क्रिकेटमा राम्रो गर्न सक्ने खेलाडीहरु जिल्लामा भए पनी उनिहरुले राष्ट्रिय स्तरसम्म पुग्ने प्लेटफर्म नपाउंदा बर्दियाले क्रिकेटका प्रतिभाहरु गुमाउदै गएको र यसलाई बचाउनका लागि पनि यो सुरुवात आबश्यक रहेको बर्दिया स्थित समर्थक समाजका केन्द्रिय सदस्य तपेन्द्र जोशीले बताए ।

बर्दिया जिल्लाकै प्रतिष्ठासंग जोडिएको यस Mayar T20 Cup लाई सफलतापुर्वक सम्पन्न गर्नका लागि  जिल्ला स्थित सम्पुर्ण ब्यक्ति, संघसंस्था, निकाय तथा शुभचिन्तकहरुलाई विकासप्रेमी युवा समुह बर्दियाका संयोजक गोपाल निरौलाले आग्रह गरेका छन ।

आयोजक नेपाली क्रिकेट समर्थक समाज, बर्दिया समन्वय समितिले प्रतियोगिताको मिति र कार्यक्रमको खाका दशै पश्चात घोषणा गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: