वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

सुनवलका सामुदायिक विद्यालय मर्ज गर्ने मेयर थापाको योजना

        रबिन्द्र यादव   |   प्रकाशित मिति: मङ्लबार, अशोज १०, २०७४ ।    

सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले नगर भित्रका सामुदायिक विद्यालयहरु मर्ज गर्ने तयारीमा लागेका छन् । धेरै विद्यालयहरुमा शिक्षक अनुपात भन्दा अति न्युन विद्यार्थी भएका कारण सरकारी साधन श्रोतको दुरुपयोग भैरहेको जनाउदै उनले सामुदायिक विद्यालयहरुलाई आवश्यकतमा आधारित भएर मर्ज गर्ने तयारीमा जुटेका हुन् ।

थोरै विद्यार्थी र धेरै शिक्षकले एक तिर साधन श्रोत उचित उपयोग नहुने र शिक्षकहरुले उत्तरदायित्व बोध गरि शिक्षणमा लापरवाही गर्ने हुँदा सामुदायिक विद्यालयको गुणस्तरमा समस्य देखिएकोले अब यस्ता विद्यालयहरुलाई मर्ज गरेर शैक्षिक गुणस्तर बृद्धिका लागि काम गर्ने योजना रहेको मेयर थापाले बताए ।

थापाले भने, एक वार्डमा दुई/दुई वटा सामुदायिक विद्यालय छन् तर पढाईमा गुणस्तर वृद्धि हुन सकेको छैन । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर नबढदा अभिभावकहरु आफना बालबालिका निजी विद्यालयमा पढाउन बाध्य छन् । अब एक वार्डमा एक सामुदायिक विद्यालय बनाउने र सबै विद्यार्थीलाई विद्यालयमा ल्याउन लैजान नगरपालिकाले नै स्कुल बस संचालन गर्ने मेयर थापाको भनाई थियो । नगरपालिकामा भौतिक पुर्वाधारका लागि सहयोग माग्न आएका एक प्रधानाध्यापकलार्ई सम्झाउदै उनले भने, ‘‘अब विद्यालयको पुर्वधारका लागि विद्यालयका प्रधानाध्यापकहरुले टाउको दुखाउनु पर्दैन, शिक्षाको गुणस्तरमा ध्यान दिए पुग्छ, पुर्वाधार हामी बनाउछांै, विद्यार्थी हामी पुर्याउँछांै ।

अब उमेर पुगेका शिक्षकहरुलाई सुविधा दिएर विदा गर्ने र युवा शिक्षकहरुलाई भर्ना गरि नयाँ शिक्षा प्रणाली अनुसार प्राविधिक तथा व्यहारिक शिक्षा लागु गरि पठनपाठन गराउने थापाको योजना रहेको उनले सुनाए । मेयर थापाको विद्यालय मर्ज गर्ने योजनाले नगर क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुमा खैलाबैला मचेको छ । माध्यमिक तहको शिक्षा स्थानिय तहलाई संचालन गर्ने सम्पुर्ण अधिकार रहेको हुँदा सुनवल नगरपालिकाले छिटै शिक्षा विधेयक पास गरेर विद्यालय सुधार कार्यक्रम अगाडी बढाउने लक्ष्य लिएको मेयर थापाको भनाई थियो । नव निर्वाचति मेयर थापाले अबको पाँच वर्ष भित्र सुनवललाई शैक्षिक हब बनाउने योजन अन्तर्गत विद्यालय सुधार कार्यक्रम उनको पहिलो योजना रहने बताए ।

प्रतिक्रिया दिनुहोस्: