वि.सं.   शनिबार, कार्तिक ४, २०७४   तदनुसार  21 October 2017

बाला लाग्ने बेला धान सुक्न थाले पछी किसान चिन्तीत

        बअ सम्बाददाता   |   प्रकाशित मितिः आइतवार, अशोज ८, २०७४     ::: 175 पटक पढिएको   |  

बारबर्दिया, बर्दिया ।
धान भित्र्याउने बेलामा रोगले धानबाली नष्ट हुन थालेपछि बर्दियाका किसानहरुमा चिन्ता बढेको छ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर-१, दाङ्गपुर टोलमा धान सुक्ने रोगका कारण किसानहरुलाई चिन्तित बनाएको छ ।
फड्के कीरा, पात बेरुवा कीरा र गबारो किराको प्रकोपले गर्दा धान सुक्न थालेको कृषि प्राबिधिकहरुले बताएका छन । फड्के कीराको रोकथाम वा कीराबाट बच्नको लागि युरिया मल कम राख्ने, ब्युप्रोफेजीन नामक बिषादी २ एम.एल. प्रतिलिटर पानीमा वा सेभिना वा फिप्रोनिल दानेदार बिषादी आधा केजी प्रति कठ्ठा वा टाईगर १.५ एम.एम.प्रतिलिटर पानीमा मिसाई कुनै एक बिषादी प्रयोग गरेर नियन्त्रण गर्न सकिने  प्राविधिकले सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुहोस्