वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

टेलिकमको लापरबाहीले सास्ती भोग्दै पर्यटक, सोलार ब्याट्री बिग्रिएका कारण नेटवर्कमा समस्या

        प्रेम बुढा   |   प्रकाशित मिति: आइतवार, अशोज ८, २०७४ ।    

ठाकुरद्वारा, बर्दिया ।
नेपाल टेलिकमले बिग्रिएका सोलार ब्याट्रीको समयमा मर्मत नगर्दा पर्यटकीय स्थल बर्दिया राष्ट्रिय निकुन्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले विभिन्न समस्या भोग्नु परेको छ । ठाकुरद्वारा क्षेत्रमा रहेको टेलिकमको टावरमा विद्युत आपुर्ती बन्द हुँदा मोबाइल ल्यान्डलाइन फोन तथा इन्टरनेट सहजै चल्न सकेका छैनन् ।

टेलिकममा रहेको सोलार ब्याट्री बिग्रिएका कारण त्यसका लागि व्याकअप नहुँदा नेटवर्क बन्द भएको हो । ‘विद्युत आपुर्ति नियमित नहुँदा टेलिफोनको टावर जान्छ’ पर्यटन व्यवसायी एवं पर्यटन विकास मञ्चका अध्यक्ष मोहन चौधरीले भन्नुभयो, ‘पाहुनाहरुलाई चाहेको जस्तो सेवा सुविधा दिन समस्या भएको छ ।’

निकुञ्ज घुम्न आएका पर्यटकहरुले आफ्नो गतिविधीहरु इमेल इन्टरनेट फेसबुक मार्फत विश्व सर्कलमा पठाउन चाहेपनि नेटवर्क नहुँदा गलत सन्देश गएको स्थानिय पर्यटन व्यवसायी बताउँछन ।

‘बत्ति आउँदा नेटवर्क आउँछ बत्ति जाँदा जान्छ’, प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले भन्नुभयो, ‘विद्युत आपुर्ति नियमित नहुँदा र टेलिकमले बिग्रिएका सोलार ब्याट्री समयमा मर्मत नगर्दा लामो समय बस्नेगरि आएका पर्यटकले बसाई छोट्याउनु पर्ने बाध्यता रहेको छ ।’ बिग्रिएका सोलार ब्याट्री तत्काल मर्मत गर्न स्थानियले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: