वि.सं.   शनिबार, कार्तिक ४, २०७४   तदनुसार  21 October 2017

बाढिबाट प्रभाबित गर्भवति र सुत्केरी आमाहरुलाई डिगनिटी किट वितरण

        बअ सम्बाददाता   |   प्रकाशित मितिः आइतवार, अशोज ८, २०७४     ::: 191 पटक पढिएको   |  

मधुवन, बर्दिया ।
बाढिबाट प्रभावित गर्भवति र सुत्केरी आमाहरुलाई आबश्यक पर्ने सामाग्री डिगनिटी किट वितरण कार्यक्रम मधुवन नगरपालिका १ सुर्यपटुवाको वडा कार्यालयमा सम्पन भएको छ  ।
सयुक्त राष्ट्र संघिय जनसंख्या कोष युएनएफपीएको आर्थिक सहयोगमा सन्चालन गरिएको कार्यक्रममा मधुवन नगरपालिका १ र २ वडाका  केहि भागका बाढिबाट प्रभाबित गर्भवती र सुत्केरी आमाहरुलाई डिगनिटी किट बितरण गरिएको छ ।
उक्त डिगनिटी किट गर्भवति ३५ जना र सुत्केरी ३७ जना गरि जम्मा ७२ जनालाई बितरण गरिएको महिला बिकास कार्यालय बर्दियाका जिल्ला अधिकृत भुवनसिह सेजवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्