वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

बर्दियाका युवाले बाढीपिडित बालबालिकालाई बाँडे शैक्षिक सामाग्री

        सुदीप अधिकारी   |   प्रकाशित मिति: बुधबार, अशोज ४, २०७४ ।    

गुलरिया, बर्दिया ।
बाढीपिडितका लागि राहत संकलन र वितरण गर्न बर्दियाली युवाहरु एकजुट भएर लागेका छन् । ‘विकास प्रमी युवा समूह’ मा आवद्ध युवाहरुले बुधबार बाढीपिडित १ सय बालबालिकाहरुलाई १ लाख ३० हजार रुपैँयाको शैक्षिक सामाग्री वितरण गरेका छन् ।

बाढीपिडित बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्दै युवाहरु ।                                                       तस्विर  :सुदीप अधिकारी/बर्दिया अनलाईन

युवाहरुले गुलरिया नगरपालिका २ संगमबस्तीका सय जना बाढीपिडित बालबालिकालाई प्रति व्यक्ति एक थान झोला, एक दर्जन कापी, एक दर्जन पेन्सिल, डटपेन, कटरलगाएतको शैक्षिक सामाग्री वितरण गरेको विकास प्रमी युवा समूहका संयोजक गोपाल निरौलाले जानकारी दिए । संगमबस्तीका बालबालिका बाढीबाट सबै भन्दा बढी पिडित थिए ।

गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिप्रसाद यादव र नगर उपप्रमुख शुशिला गिरीको उपस्थितीमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । विकास प्रमी युवा समूह र कोरियाली समाजको सहकार्यमा रकम संकलन गरि सामाग्री वितरण गरिएको युवा समूहले जनायो ।
युवा समूहले यस अघि बाराबर्दिया नगरपालिका– ४ गुरुवागाउँका ६५ र ठाकुरबाबा नगरपालिका– २ कर्मलाका ४२ बाढीपिडित परिवारलाई राहत सामाग्री वितरण गरेको थियो । ‘हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने’ भन्ने नाराका साथ स्थानीय युवाहरु बाढीपिडितका लागि राहत संकलन र वितरण अभियाननै थालेका छन् । साउनको अन्तिम साता बबई नदीमा आएको बाढीले जिल्लामा ठूलो जनधनको क्षती भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: