वि.सं.   सोमवार, मंसिर २५, २०७४   तदनुसार  11 December 2017

सिँचाई मन्त्री गौतम को प्रयासमा समयमा नै आयो सुरुङ्ग खन्ने मेसिन

        बअ सम्बाददाता   |   प्रकाशित मिति: आइतवार, अशोज १, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई आर्थिक अभाव हुन नदिने सिचाई मन्त्री सञ्जय गौतमले प्रतिवद्वता जनाएका छन । निर्माणाधिन भेरी–बबई डाइभर्सनको निरीक्षण गर्दै मन्त्री गौतमले आयोजनालाई आर्थिक अभाव हुन नदिने भन्दै निर्माण कार्य तिव्र गतीमा अगाडि बढाउन निर्देशन समेत दिएका छन ।

आर्थिक अभावमा आयोजनाको काम रोकिन नदिने भन्दै निर्धारित समयमै आयोजनाको काम सम्पन्न गर्नको लागि सरकार लागिपरेको मन्त्री गौतमले बताएका छन । हालै आयोजनाले १२ किलोमिटर सुरुङ्ग खन्नको लागि अत्याधुनिक टनेल बोरिङ मेशिन (टीबीएम) सुरुङ्ग निर्माणस्थल पु¥याइएको जनाएको छ । टनेल बोरिङ मेशिन जडान गर्न २ महिना लाग्ने आयोजनाले जनाएको छ । टीबीएमले १२ किलोमिटर सुरुङ २ बर्ष्भित्र खनिसक्ने लक्ष्य लिइएको छ ।

दोस्रो चरणमा हुने काम पावर हाउस निर्माणको लागि समेत विभिन्न सरोकारवाला निकायसग छलफल चलिरहेको बताउँदै सुरुङ खनिसक्ने बित्तिकै पावर हाउस निर्माणको काम अगाडि बढाइने मन्त्री गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: