वि.सं.   बुधबार, माघ ३, २०७४   तदनुसार  17 January 2018

लैंगिक हिंसाको अबस्था बिश्लेशण सम्बन्धि अन्तरक्रिया कार्यक्रम बाँसगढीमा सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: सोमवार, भदौ २६, २०७४ ।    

बाँसगढी, बर्दिया ।
नगरस्तरीय जनप्रनिधीहरु सँग लैंगिक हिंसाको अबस्था बिश्लेशण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सोमबार बाँसगढीमा सम्पन्न भएको छ ।
बाँसगढी नगरपालिकामा लैँगिक हिंसाको अबस्था कस्तो छ, लैंगिक हिंसा कसरी न्यनिकरण गर्न सकिन्छ, र लैंगिक हिंसा बिरुद्धमा काम गर्ने संस्था ओरेक नेपाल अथावा महिला पुर्नस्थापना केन्द्र बर्दियाले अबका दिनहरुमा कसरी काम गर्दा हिंसाजन्य वा लैंगिक हिंसाको घटना कम होला भन्ने उदेश्यले कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै बाँसगढी नगरपालिकाका जनप्रनिधीहरुले चेतनामा बृद्धि गर्ने, वालविवाह रोक्ने, आर्थिक व्यवस्थापन गर्ने, र स्देशमै रोजगारीको स्थापना गर्नु पर्ने लगायतका कुराहरुमा जोड दिएको छन् ।

प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्जको सहयोग र महिला पुनस्थापना केन्द्र बर्दियाको आयोजानामा भएको कार्यक्रममा बाँसगढी नगरपालिकाका सबै जनप्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: