वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

सुत्केरीको मृत्यु रहस्यमय बन्दै

        यादब आचार्य   |   प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४     ::: 1803 पटक पढिएको   |  

गुलरिया, बर्दिया ।

बर्दियामा भएको सुत्केरीको मृत्यु रहस्यमय बन्दै गइरहेको छ । घटना भएको तीनसाता बितिसक्दा पनि सत्यतथ्य बाहिर नआउँदा घटना रहस्यमय बन्दै गएको हो। बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर २ फुटाहास्थित घरमा मृत्यु भएकी ९ दिनकी सुत्केरी २५ वर्षीया रिता रेग्मी खत्रीको मृत्यु सामान्य नभई रहस्यमय भएकाले हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

मृतक रिता र नाबालक बच्चा ।                                                                                                                                                                                     तस्विर : यादब आचार्य

घटना भएको धेरै दिन बितिसक्दा पनि प्रहरीले मृत्युको कारण पत्ता नलगाएको भन्दै मृतक रिताका बाबुु कासीराम जैसीले घटना भएको ९ दिनमा इलाका प्रहरी कार्यालय मैनापोखरमा मृतकका सासु र जेठाजुमाथी किटानी जाहेरी दर्ता गराए छन् । मृत्यु रहस्यमय भएकाले रिताको हत्या भएको मृतकका माइती पक्षको भनाई छ । सुर्खेत निवासी मृतकका भिनाजु हिमाल मल्लले भने भदौ १ गते राति १२ बजेर १० मिनटमा सालीको मृत्यु नभई हत्या भएको बताए । उनले लासको अवस्थाबारे बताउँदै थपे,‘मृतकको नाइटो नजिक मुड्कीको डाम, कोखामा निलो डाम, मुखभित्र घाउ र घाँटीको दुवैतर्फ निलडाम भएकाले सामान्य मृत्यु हुनै सक्दैन ।
घटना भएको दिन बेलुकी रिताले माइतमा आमासँग फोनमा कुराकानी हुँदा सबै राम्र्रै हालखवर भएको बताएकी थिइन् । आमासँग कुरा गरेपछि रिताले कतारमा रहेका श्रीमानलाई पनि फोन गरेकी थिइन् । श्रीमानसँग कुरा हुँदा समेत घरमा सबै राम्रै ठिकठाक कुराकानी भएको उनले बताए ।
छोरा जन्मिएको ९ दिनमा रिताको मृत्यु भएको छ । श्रीमान वैदेशिक रोजगारीका क्रममा कतारमा थिए । घटना भएको दिन राति १२ बजेर १० मिनटमा जेठाजु ओम खत्रीले बुहारीले कोठामा बच्चालाई दुध खुवाउँदै गरेको देखेको र सासु तिला खत्रीले १ बजे बुहारी वेहोस भएको देखेको आमा छोरालाई उधृत गर्दै मल्लले सुनाए ।
सालीको नयाँ झुल पनि फाटेको छ । यस्तो घटनालाई कसरी सामान्य मृत्यु भन्ने उनले सुनाए । घटनाको वास्तविक सत्यतथ्य छानविन गरी दोषी माथी कारवाही गरिनुपर्ने माइती पक्षको माग छ । घटना भएको यतिका दिन बितिसक्दा पनि बर्दियामा अधिकारका पक्षका वकालत गर्ने संघसंस्थाहरु बेखवर छन् ।
अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै न्यायका लागि मृतकका माइती पक्षले पत्रकार सम्मेलन समेत गरेका छन् । मृतकको सासु र जेठाजु उपर मृतक रिताका बाबुले इलाका प्रहरी कार्यालय मैनापोखरमा किटानी जाहेरी दर्ता गराएपछि प्रहरीले उनीहरुमाथी म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्