वि.सं.   शनिबार, मंसिर २, २०७४   तदनुसार  18 November 2017

चितुवाको छाला किनबेच भइरहेको अवस्थामा दुई जना पक्राउ

        सौगात श्रेष्ठ   |   प्रकाशित मितिः शनिबार, भदौ २४, २०७४     ::: 591 पटक पढिएको   |  

गुलरिया, बर्दिया ।
सदरमुकाम गुलरियाको एक होटलबाट चितुवाको छाला किनबेच भइरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो नेपालगञ्जको टोलीले बर्दियाको गुलरियास्थित विजया गेष्ठ हाउसबाट उनीहरुलाई पक्राउ गरेको हो ।


बारबर्दिया नगरपालिका ९ निवासी ६३ वर्षीय नरबहादुर शाही र बाँसगढी नगरपालिका १ निवासी ५२ वर्षीय जीतबहादुर देवकोटालाई १ थान चितुवाको छाला बेचविखन गर्न राखिएको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । १० लाख रुपैयाँमा छाला किनबेच भइरहेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।
१ फिट १० इन्च चौडा र ९ फिट लम्बाई भएको छाला वैतडी, चिसापानी, भोडीगाउँ हुँदै गुलरिया ल्याइएको प्रहरीले जनाएको छ ।
शनिबार पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको छ । आइतबार छालासहित जिल्ला वन कार्यालय बर्दियामा वुझाइने उपरीक्षक भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: