वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

प्रकृति पथ प्रदशक सघंको साधारण सभा सम्पन्न

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४     ::: 126 पटक पढिएको   |  

ठाकुरद्वारा, बर्दिया ।

बर्दियाको ठाकुरबाबा नगरपालिका ९ बेतहनीमा प्रकृति पथ प्रदशक सघं ९नागा०को १२ औ साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामा नागाका कोषाध्यक्ष सुसिल महतराले आर्थिक बर्ष ७३,७४ को आय ब्यय बिबरण प्रस्तुत गर्नुभएको थियो । सघंले २ लाख १९ हजार ५सय ७० रुपैया आम्दानी गरेको छ भने १ लाख ८९ हजार ९८ रुपैया खर्च बिबरण निकालेको छ । साथै सघंको बैक ब्यालेन्स ३० हजार ४ सय ७२ रहेको छ ।

साधारण सभामा बर्दिया राष्ट्यि निकुन्जका पदाधिकारी जेड यस एल , मध्यवर्ति क्षेत्र ब्यबस्थापन समितीका प्रमुख नेत्रराज आचार्य अतिथी रहनु भएको थियो । नागाका पुर्ब अध्यक्ष तुल्सीराम गौतमको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबिच प्रकृती पथ प्रदशक सघं नागाको ११ सदस्य नयाँ कार्य समिती चयन गरिएको छ । जसमा अध्यक्ष पबन कुमार थापा ,उपाध्यक्ष राम बहादुर खड्का ,कोषाध्यक्ष सुसिला महतरा,सचिब सुदिप थारु सहसचिब उषा कुमारी रानासहित ११ जनाको कार्य समिती चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्: