वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

मधुवन नगरपालिकाका जनप्रतिनिधीद्वारा भ्रष्टाचार न्यूनिकरण गर्नमा भुमिका खेल्ने प्रतिवद्धता

        बअ सम्बाददाता   |   प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४     ::: 49 पटक पढिएको   |  

मधुवन, बर्दिया ।
बर्दियाको मधुवन नगरपालिकाका जनप्रतिनिधीहरुले भ्रष्टाचार न्यूनिकरण गर्नमा आफ्नो तर्फबाट भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
इन्सेक, कर्मशील नेपाल, गैरसरकारी सस्था, महासंघ र मानवअधिकार निगरानी समुहको आयोजनामा मधुवन नगरपालिकामा भएको सबै खाले भ्रष्टाचार विरुद्धको राष्ट्रिय हस्ताक्षर अभियान कार्यक्रममा मधुवन नगरपालिकाका मेयर गणेश बहादुर केसीले हस्ताक्षर गरेपछि अन्य जनप्रतिनिधीहरुले ब्यानरमा हस्ताक्षर गरी प्रतिवद्धता गरेका हुन् ।

कार्यक्रममा बोल्दै गैर सरकारी सस्था महासंघ बर्दियाका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीनाले देशमा भइरहेको सबै खाले भ्रष्टाचार विरुद्ध जिम्मेवार निकायलाई जवाफदेहि वनाउन र नागरिक तहमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान गरिएको बताउनुभयो ।

कार्यक्रममा गरिएको हस्ताक्षर प्रतिवद्धता ब्यानर मधुवन नगरपालिकाका मेयर गणेश बहादुर केसीलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा जनप्रतिनिधी, कर्मचारी, स्थानीय नागरिकहरुले ब्यानरमा हस्ताक्षर गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्