वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

भुरीगाउँ सवस्टेशनबाट लाईन वितरण गरिए पछी स्थानियहरु खुशी

        सौगात श्रेष्ठ   |   प्रकाशित मितिः शुक्रबार, भदौ २३, २०७४     ::: 298 पटक पढिएको   |  

भुरिगाउँ, बर्दिया ।
पटक पटक लाईन जाने अनि अत्याधिक लोडसेडिङ्ग, लो भोल्टेज, सानो हावाहुरीबाट रुखका हाँगा खस्दा पटक पटक तार चुडिँने र तोकीएको समयमा बत्ती नआउँदा हैरानी खेप्नु परेको बर्दिया ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ, ठाकुरद्धारा, बगनाहा, शिवपुर क्षेत्रका स्थानीयहरुले अब त्यो समस्याबाट मुक्ति पाउने भएका छन् ।
बर्दियाको भुरीगाउँ बजार नजिक बलातीमा निमार्ण कार्य सकिएको भुरीगाउँ विद्युत सवस्टेशनबाट शुक्रवार बेलुकाबाट परीक्षण स्वरुप विद्युत सेवा दिईएको नेपाल विद्युत प्राधिकरण गुलरीया बितरण केन्द्रका प्रमुख अवधेश कुमार गुप्ताले जानकारी दिनुभयो ।

केही दिन सम्मको परीक्षणकाल अवधिभर भुरीगाउँ सवस्टेशनमा कुनै प्राविधिक समस्या नआएमा भाद्र मसान्तबाट विद्युत सेवा नियमित हुने र यस क्षेत्रका ग्राहकलाई सहज हुने उहाँले बताउनुभयो ।
छिटोमा २०७३ चैत्र वा २०७४ असार महिना भित्रमा काम सक्ने गरी थालिएको काम संविधान जारी भएपछी असन्तुष्ट पक्षको आन्दोलनका कारण केही सामानहरु समयमा आउन नसक्दा निर्माणको काम झण्डै ६ महिना ढिलो सुरु हुन पुगेको भुरीगाउँ सवस्टेशनका साईट ईन्चार्ज देवराज शर्माले बताउनुभयो ।

यस क्षेत्रको समस्यालाई मध्यनजर गर्दै तोकिएको समयभन्दा अघि नै निमार्णको काम सम्पन्न गर्ने योजना अनुसार सवस्टेशनको कामलाई तिब्रता दिईएको आयोजनाले जनाएको छ ।
बाँकेको कोहलपुर हुँदै बर्दियाको सदरमुकाम गुलरियाबाट निकुञ्ज फिडर अन्र्तगत सानोश्री, बगनाहा हुँदै भुरीगाउँ ठाकुरद्धारा तर्फ आउने विद्युत लाईनमा अत्याधिक लोडसेडिङ्ग, लो भोल्टेज र सडक किनारमा रुखका हाँगा खस्दा तार चुडिँने समस्याले गर्दा सहज रुपमा विद्युत प्रयोग गर्न नपाउने समस्या रहेको छ ।

भुरीगाउँ सवस्टेशन संञ्चालनमा आएपछी लो भोल्टेजको समस्या हट्ने र यस क्षेत्रका छापाखाना, रेडियो तथा घरेलु उद्योगहरु लगायत सम्पुर्ण ठाकुरबाबा नगरबासीलाई सहज हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: