वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

भुरिगाउँमा यात्रु बाहक बस पल्टियो

        बर्दिया अनलाईन   |   प्रकाशित मितिः आइतवार, भदौ १८, २०७४     ::: 2491 पटक पढिएको   |  

तस्बिर: रामबहादुर अबिरल

भुरिगाउँ, बर्दिया ।
बर्दियाको भुरिगाउँ नजिकै आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ ।
नारायणगढबाट धनगढीका लागि छुटेको ना ४ ख ४३५३  नम्बरको बस पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने भुरिगाउँ बजारको करिब २०० मिटर अगाडि पल्टिएको हो । बसमा सवार २ जना यात्रु सामान्य घाईते भएको जनाईएको छ ।
बस राजमार्गको दक्षिणपट्टि उत्तानो अवस्थामा रहेको छ भने घाईतेहरुलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।

यसैबिच हिजो शनिबार कोठियाघाट पुलमा भएको मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाईते भएका मधुवन न पा-८ खैरेनी गाउँका राजाराम थारुको उपचार गर्दागर्दै ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्