वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

बर्दियामा भएका छुट्टाछुट्टै दुई दुर्घटनामा ३ घाइते: एकको अवस्था गम्भिर

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मितिः शनिबार, भदौ १७, २०७४     ::: 630 पटक पढिएको   |  

राजापुर बर्दिया ।
बर्दियामा शनिबार भएका छुट्टाछुट्टै दुई दुर्घटनामा परेर ३ जना घाईते भएका छन भने एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
तिव्र गतिका कारण बर्दियाको राजापुर कोठियाघाटमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा परेको छ । भे १प ७६०३ नम्मरको मोटरसाईक दुर्घटनामा परेको हो । दुर्घटनामा २ जना घाइते भएको बताईएको छ । घाईते मध्य १ जनाको अवस्था गम्भीर रहेको खैरी चन्दनपुर प्रहरीले जनाएको छ ।


घाइते दुवै जनालाई स्थानिय र प्रहरीको सकृयतामा एम्वुलेन्स मार्फत नेपालगञ्ज लगिएको छ । घाइते हुनेमा राजापुर २ नयाँगाउका भटु थारु रहेको र १ जनाको पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ । यसैबिच बर्दियाको मधुवन नगरपालिकाको वडा नं.९ धर्मबस्तीमा आज दिउसो कृष्णसार यातायातको बस दुर्घटना हुँदा एक जना घाइते भएका छन । बर्दियाको गोलाबाट सदरमुकाम गुलरीयाका लागि छुटेको भे १ ख १४८४ नम्बरको बस सडक छेउको कुलोमा पल्टिदा बस चालक समिर नेपाली घाइते भएको प्रहरी जनाएको छ । स्टेरिङ भाँच्चिएर बस पल्टिएको प्रहरीले बताएको छ । घाईते बस चालकको अवस्था सामान्य रहेको छ । अन्य यात्रु सकुसल रहेको प्रहरीको भनाई छ । बसमा करिब १६ जना यात्रु सवार थिए ।
बर्दिया अनलाईन घाइतेहरु सबैको सिघ्र स्वास्थ्य लाभको प्राथना गर्दछ !

प्रतिक्रिया दिनुहोस्