वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

नेपालगन्ज आएर जब कोमल ओलीले यस्तो भनिन्-

        भगतराम थारु   |   प्रकाशित मितिः शुक्रबार, भदौ १६, २०७४     ::: 388 पटक पढिएको   |  

नेपालगन्ज, बाके।
लोक गायिका तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कोमल ओलीले राजनिती र कलाकारीता संगसंगै लगिरहेको बताउनुभएको छ ।

शुक्रवार नेपालगन्जका पत्रकारहरुसंगको कुराकानीमा गायीका ओलीले समय ब्यबस्थापन र ब्यस्तताले राजनीतिमा बढि समय दिन लागेको बताउनुभएको छ । समयको मार्गलाई ख्याल गरेर आफुले पहिले जस्तै अहिले पनि दैनिक योगा, संगित तथा राजनीतिमा पनि उत्तिकै समय दिएको गायीका ओलीले बताउनुभयो । राप्रपाको मध्यपश्चिमाञ्चल क्षेत्र स्तरिय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन आउनुभएका ओलीले आफ्नो ब्यस्तताको बारे पत्रकारहरुसंग खुलेरै कुरा गर्नुभएको थियो । बिहान उठेर मोर्नीङवाक, योगा, भजन कृतन र संगितलाई समय मिलाएर निरन्तरता दिएको गायीका ओलीले बताउनुभयो । संगित यस्तो क्षेत्रको जुन अरु क्षेत्रमा त्यस्तो आनन्द महशुस हुन नसक्ने बताउनुभयो ।

गीत संगीतलाई पहिलेदेखि माया गर्ने मेरो बानीलाई कहिल्यै विर्सन नसक्ने उहाँले बताउनुभयो । महोत्सव, मेला र स्टेज कार्यक्रममा बढि हिड्ने कोमल अहिले राजनीतिका मिटिङ सेमीनार तथा पार्टी संगठनका काममा बढि समय दिन थाल्नुभएको पत्रकारको प्रश्नमा गायीका ओलीले भन्नुभयो । नेपालकै चर्चित नायीका रेखा थापा पार्टी छोड्नुमा जसको जहाँ सन्तुष्टि हुन्छ त्यही जान सकिने बताउनुभयो । पहिले कमल थापाको फ्यान हु भन्ने अहिले अरु पार्टीमा प्रबेश गर्नु कुनै ठुलो कुरा नभएको गायीका ओलीले बताउनुभयो ।

पहिलेको कलाकारीता र अहिलेको कलाकारीता अलि फरक भएको कारण बढि राजनीतिमा समय दिन थालेको उहाँले बताउनुभयो । सोही प्रसंगमा अबको मिसन राजनीति मार्फत समाज सेवा गर्ने समेत रहेको उहाँले उल्लेख गर्नुभयो । पछिल्लो पटक पार्टीको संगठन बिस्तारमा लागि पर्नुभएका कोमल आउदो प्रदेशको चुनावमा उम्मेद्वारी समेत दिने संकेत रहेको दावी गर्नुभयो । पार्टीले जुन ठाउँमा उम्मेद्वारी दिन्छ त्यही ठाउँबाट उम्मेद्वारी दिने गायीका ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्