वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

मन्त्री दहितद्वारा बाढी प्रभावित सुकुम्बासी टोलको अनुगमन: आवश्यक परे बस्ती स्थानान्तरण गर्ने प्रतिबद्दता

        भावुक योगी   |   प्रकाशित मितिः शुक्रबार, भदौ १६, २०७४     ::: 976 पटक पढिएको   |  

ठाकुरबाबा,बर्दिया।
भुमीसुधार तथा व्यवस्था मन्त्रि गोपाल दहितले ठाकुरबाबा नगरपालिका बेसर्मा फाँटा, रानीपुर, गोदाना लगायतका बाढी प्रभावित गाउँको स्थलगत अनुगमन गर्नु भएको छ ।
ठाकुरबाबा नगरपालिकामा बबई नदीको बाढी पस्ने मुख्य ठाउँ र नदी कटानका समस्याका बारेमा अनुगमनमा आएको टोलीलाई स्थानियबासीहरुले अवगत गराएका थिए ।
स्थलगत अनुमगमनमा आउनु भएका मन्त्रि दहितले यस क्षेत्रमा भएका नदी कटान र बाटाघाटाका समस्यालाई समाधान गर्न र आवस्यक परेमा बस्ती स्थान्तरण गर्न पनि लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।


मन्त्रि दहितले बर्दियाका विभिन्न स्थानमा रहेका नदी कटानका समस्यालाई समाधान गर्न आफुले जोड दिने समेत बताउनु भएको छ । बाढी प्रभावित गाउँ अवलोकापछी मन्त्रि दहितले दुख लागेको भन्दै आफु गम्भिर भएर लागि पर्ने बताउनुभयो ।
स्थलगत अनुमनमा आउनु भएका मन्त्रि दहितलाई स्थानियवासी खुसीराम थारु, मैजु थारु, हरी प्रसाद थारु लगायतले बाढीले भत्काएका पुल र खोलानालाले कटान गरेको सडक लगायतका स्थानलाई प्राथमिकतामा राख्न अनुरोध गरेका छन ।
यस्तै गोबिन्द थारु, देवमान थारु, मिनराज थारु, कन्हैया थारु लगायतको उपस्थिती रहेको थियो ।
साउन २७ र २८ गतेको अविरल वर्षाका कारण बबई नदी र स्थानिय खोलानालामा २९ गते आएको बाढीका कारण सदरमुकाम गुलरिया नगरपालिका सहित बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकाका अधिकाँश गाउँ डुबानमा परेपछी हजारौ घरपरीवार प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्: