वि.सं.   बुधबार, मंसिर ६, २०७४   तदनुसार  22 November 2017

गेरुवा गाउँपालिकालाई अध्यारोमुक्त गाउँपालिका बनाईने

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मितिः बिहिबार, भदौ १५, २०७४     ::: 1100 पटक पढिएको   |  

राजापुर, बर्दिया ।
गेरुवा गाउँपालिकालाई अध्यारोमुक्त गाउँपालिका बनाईने भएको छ । गेरुवा गाउँपालिकाको प्रथम गाउँसभाको उद्घाटन कार्यक्रमा बोल्दै अध्यक्ष जवान सिं के.सी.ले गाउँपालिकालाई एक बर्ष भित्र अध्यारो मुक्त बनाउने धोषणा गरेका हुन ।
त्यसैगरी अध्यक्ष के.सी.ले बस्तीस्तरबाट छनौट भई आएका योजनाहरुलाई प्राथमिकरण गरि रकम विनियोजित गरिएको बताउदै योजना छनौटमा कुनै किसिमको पुर्वाग्रह नराखिएको बताए ।उनले बिरोधको लागि बिरोध गर्ने परम्परालाई छोडेर बिकासका लागि हातेमालो गरेर अगाडि बढन सबै राजनैतिक दलहरुलाई आग्रह गरे । अध्यक्ष के.सी.ले जनताको जनधनको सुरक्षा र सुसाशनमा केन्द्रित भएर नीति तथा कार्यक्रम ल्याईने बताउदै उनले बहुमत र अल्पमतको आधारमा कसैलाई वाईपास नगरिने प्रतिबद्धता ब्यक्त गरे ।
के.सी.ले गाउँ सभाले आर्थीक बर्ष २०७४/७५को लागि करिब तीस करोड रुपैया बरावरको नीति तथा कार्यक्रम ल्याउने बताए ।गेरुवा गाउँपालिकाको समृध्दिका आधार कृषि , पर्यटन र पूर्वाधार भन्ने नारा सहित सुरु भएको गाउँ सभाको उद्घाटन गेरुवा गाउँपालिकाका जेष्ठ नागरिक मनिराम थारुले गरेका थिए । उद्घाटन सत्रमा नेपाली काँग्रेसका दरबारी थारु ,एमालेका बम बहादुर रावल, माओवादी केन्द्रका बिश्वराज थारु , लोकतान्त्रिक फोरमका कोईराला प्रसाद थारु र राष्ट्रिय जनमोर्चा नेपालका हिरा प्रसाद सापकोटाले गाउँ सभाको सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: