वि.सं.   मङ्लबार, अशोज १०, २०७४   तदनुसार  26 September 2017

बाढीले तीन सन्तान गुमाएका कमिलालको पिडादायी कथा

        भगतराम थारु   |   प्रकाशित मितिः बिहिबार, भदौ १५, २०७४     ::: 234 पटक पढिएको   |  

नेपालगन्ज, बाके।
बाढीले तीन सन्तान गुमाएका बाँके राप्ती सोनारी गाउँपालिका ४ लालपुरका कमीलाल बिहीवार भत्केको घरलाई पुननिर्माणमा लागेका छन । अध्यारो मुख लगाउदै काम गर्दाको जागर उनमा देखिएको थिएन् । मनमा जोस जागर पटक्कै देखिएको थिएन कमिलालको अनुहारमा । होस पनि कसरी ३ सन्तान गुमाएको पीडाले उनमा २ घण्टाको हाम्रो बसाईमा हासो कहिल्यै देखिएन । भत्केको घरलाई सम्हाल्दै थिए कमिलाल ।

उनको घरमा कोही नभएको कारण स्थानियले समेत घर बनाउन सघाउदै आएका छन् । ३ दिनदेखि कमिलालको घर बनाउन स्थानिय लागि परेका छन् । घर बनाउने वित्तिकै छोरीहरुको काजक्रिया गर्ने वातावरण मिलाउछु कमिलालले भने । साउन अन्तिम साता आएको बाढिले कमिलालको तीन छोरी अकालमा ज्यान गुमाएका थिए । राती आएको बाढिले कमिलालको ३ वटा छोरी घर भत्कीएर पुरिएर ज्यान गुमाएका हुन् । कमिलाल अहिले आफ्नो भत्केको घर बनाउनमा व्यस्त छन् । अरुले राहत वितरण कहाँ भैरहेको छ भनेर खोज्दै हिड्छन तर कमिलाल भने घरमै अध्यारो मुख लिएर काम गर्ने गरेका छन् । मुख अध्यारो पनि किन नहोस ३ सन्तान गुमाएको पीडा घर भत्कीएको पीडा ताजै छ । २ कठ्ठा जग्गा भएको कमिलाल भर्खर कमाउन पोखरा गएका थिए । पोखरा गएका कमिलाल गाउँमा बाढि आएको खवरले चिन्तीत थिए । विहान मात्र कमिलालले ३ छोरी पुरिएको खवरले झन चिन्तीत भए र घरमा तत्काल आए । घरमा पुग्दा छोरीको दाहा संस्कार समेत गरिसकेका थिए कमिलालले भने । एक महिनाअघि १३ महिने कान्छी छोरीको बिरामी परेर मृत्यु भएको पीडा छदै थियो । बाढीले ३ सन्तान गुमाएको पीडाले सोच्नै नसक्ने स्थितीमा पु¥याएको छ कमिलालले भने कान्छी छोरी विेतेको पीडा सेलाउन नपाउँदै साउन अन्तिम साता शुक्रबार आएको बाढीले घर भत्काउँदा कक्षा ६ मा पढ्ने जेठी छोरी अन्जु, कक्षा ४ मा पढ्ने माइली छोरी सरिता र कक्षा २ मा पढ्ने साइली छोरी सुस्मिताले पनि अकालमा ज्यान गुमाए त्यो पिडा कहाँ गएर विर्सने उनले भने ।

बाढीले आफ्नो कोख रित्याइदिएको पीडा एकातिर छ भने अर्कोतिर भत्केको घर कसरी ठड्याउने भन्नेमा कमिलाललाई अर्को चिन्ता छ । अहिले स्थानिय गाउँका दाजुभाई मिलेर उनको घर बनाउन सघाउदै आएका छन् । २२ जना स्थानियले कमिलालको घर बनाउन सघाउदै आएका छन् । भत्केको घरलाई पुननिर्माणमा कमिलाल पनि लागि परेका छन् । खुटुखुटु कोदालोले खन्दै कमिलाल भने के गर्ने दुखियाको मनमा जहिले नि पिडा नै पिडा थप्दो रहेछ । छोरी गुमाएको पीडाले श्रीमतीलाई दिदीसासुको घरमा राखेको छु । सरकारले कमिलालको परिवारलाई राहत स्वरुप ६ लाख रुपैयाँ उपलब्ध गराएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले केहीदिन अघि बाढी प्रभावित क्षेत्रमै पुगेर पीडित कमिलाललाई चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्